जनताको सेवक भएर काम गर्न सुरक्षा प्रमुखहरुलाई गृहमन्त्री श्रेष्ठको आग्रह


YYY
साउन १८ नेपालगञ्ज ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलहरुका कारण शान्ति सुरक्षाको अवस्थामा खलल पुगेको बताउनु भएको छ । मध्यपश्चिम स्तरीय २ दिने सुरक्षा सम्मेलनको आज नेपालगञ्जमा उद्घाटन गर्नुहुर्दै गृहमन्त्री श्रेष्ठले कुनै पनि दलको दवावमा नलागेर राष्ट्र र जनताको सेवक भएर काम गर्न सुरक्षा प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

 शान्ति सुरक्षामा खलल पुरयाउने विभिन्न अपराधिक तत्वको पहिचान गरि त्यस्ता अपराधिक चलखेलको नियन्त्रण गर्न दृण्ड भएर लाग्न आवहान गर्नुभयो । राष्ट्रिय सार्वभौमसत्ता, भौगोलिक अखण्डता, र स्वभिमानको रक्षाका लागि सम्पुर्ण सुरक्षा प्रमुखहरु एकजुट भई शान्तिपुर्ण समाज निमार्णमा महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा जोड दिनुभयो । 

सम्मेलनमा प्रहरी, प्रशासन र अनुसन्धानका क्षेत्रीय प्रमुख, अंचल प्रमुख, मध्यपश्चिमका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, प्रहरी नावय उपरीक्षक, अनुसन्धानका प्रमुखलगायतको सहभागिता रहेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]