विद्युत् चोरी गर्ने १५ जना पक्राउ


YYY
 साउन २०  वीरगञ्ज।  नेपाल विद्युत् प्राधिकरण, सिमरा वितरण केन्द्रले आज विद्युत्को चोरी गरेर प्रयोग गरिरहेका १५ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण, सिमरा वितरण केन्द्रको कर्मचारी र सुरक्षा निकायको संयुक्त टोलीले पर्सा वितरण केन्द्र अन्तर्गत पर्ने पर्सा जिल्लाका विभिन्न गाविसहरुमा वितरण लाईनबाट सिधै अंकुश लगाई विद्युत् चोरी गर्ने १५ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पर्साको चोर्नी गाविस वडा नम्बर ८ का अनिलकुमार सिंह, हरेराम पासवान, हरिचन्द्र मलिक,  रविकुमार गुप्तालगायत छन् । पक्राउ परेकाहरुलाई थुनामा राखी क्षतिपूर्ति र जरिवाना असुल गरिएको वितरण केन्द्र प्रमुख शशिभुषण साहले जानकारी दिनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]