माओवादी अयोग्य लडाकुले पनि अब आन्दोलन गर्ने


YYY
 साउन  २१ काठमाडौं। सरकार र दातृनिकायले उपलब्ध गराएको सहयोग र रहत अप्रयाप्त रहेको भन्दै आएका माओवादी अस्थायी शिविरबाट निकालिएका अयोग्य लडाकूहरुले बिभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका छन ।

राजधानीमा आज पत्रकार सम्मेलन गरेर अयोग्य लडाकुहरुले आफूहरुमाथि लागेको अयोग्यको ट्याग हटाउनु पर्ने, दिर्घकालिन व्यवस्थापन हुनुपर्ने लगायतका माग राखेका छन् । उनिहरुले माग पुरा नभए मुलुक ठप्प पार्ने गरेर आन्दोलन चर्काउने बताएका छन् ।

उनीहरुले करिव चार हजारको संख्यामा रहेका शक्तिलाई कमजोर नठान्न सरकारलाई चेतावनी पनि दिएका छन । सरकारले उपलब्ध गराएको राहत र पुनस्थापनाको प्याकेजमा उनिहरुले चित्तबुझाएका छैनन् ।अयोग्य लडाकुहरुले आफूहरुको माग पूरा नभएमा मसाल जुलुस, धर्नादेखि उपत्यका र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय मिशन अन्मिनको प्रमाणिकरणमा अयोग्य ठहरिएका चार हजार ८ लडाकूलाई शिविरबाट निकालिए पछि उनिहरुले असन्तुष्टि जनाउदै आएका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]