बनारसी साडीलाई धमाधम कण्डम


YYY


बनारसी साडीको बेग्लै महिमा छ भारत प्रदेश र नेपालमा पनि । तर यस्तो लोकपि्रय बनारसी साडी बनाउन परिवार नियोजनको अस्थायी साधन कण्डमको अबैध खपत भइरहेको खवरले साडी पारखीहरुलाई अचम्ममा पारेको छ ।

राम्रा बनारसी साडीहरु निर्माणमा सिल्कका साथसाथ कण्डमको पनि प्रयोग गनुपर्छ । एउटा बनासरी साडी बनाउन कम्तितमा १४ बटासम्म कण्डम लाग्ने भारतको बनारसमा गरिएको एक सर्वोक्षणले यस्तो देखाएको हो ।

पछिल्लो समय निःशुल्क रुपमा वितरण हुादै आएको कण्डमको माग बढेपछि त्यसको प्रयोग र असरबारे सर्वेक्षण गरिएको थियो । सर्वोक्षणका क्रममा कण्डमको खपत परिवार नियोजनका लागि नभई बनारसी साडी बनाउन भइरहेको तथ्य सार्वजनिक भएको हो । बनारसी साडी बन्ने क्रममा चर्खामा यसको प्रयोग हुने गरेको छ । कण्डमलाई बीचमा काटेर चर्खामा लगाइन्छ । जसले छिटो छिटो बन्न मदत गर्छ । यस्तै बनाईका क्रममा हात काट्ने डरले ओलामा पनि कण्डम लगाउने गरेको पाइएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

प्रति साडी बनाउादा १४ वटासम्म कण्डमको खपत हुने भएपछि परिवार नियोजनका लागि सित्तैमा कण्डम बाँडिरहेको स्थानीय प्रशासन अलमलमा परेको छ । बाडौं धमाधम बनारसी साडीमा कण्डमको प्रयोग, नबाडौं गरिव जनताले सन्तानवृद्धि रोक्न साधन नै नपाउने डर ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]