के भए माओवादी नेतृत्वमा सरकार बन्छ ?


YYY

हतियार बुझाउने र शिविर खाली गर्नेमा एमाले लचक



२ भदौ, काठमाडौं । राष्ट्रपतिले दिएको सहमतीय सरकार बनाउने एक साताको अबधिमा दलहरुवीचका वार्तामा सहमतीय राजनीतिले चर्चा पाइरहेको छ ।

माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत देखिएका दलहरु त्यसका लागि शान्ति प्रकृया ‘ठोस काम हुनुपर्ने’ सर्त राखिरहेका छन् ।

दलहरुवीचका औपचारिक वार्तामा सहमतीय सरकारका सतही र औपचारिक कुरा भएपनि राष्ट्रिय सहमतिका आधार तयार गर्ने ठोस कामहरु भने भएका छैनन् । मुख्य दलहरुवीच दुईपक्षीय र बहुपक्षीयरुपमा दर्जनौं छलफल भइरहेका छन, तर राष्ट्रिय सहमति बनाउन केले रोकेको छ र त्यसलाई फुकाउन कसले के गर्नुपर्छ भन्ने कुरा खोल्न दलहरु हिच्किचाइरहेका छन् ।

सिंहदरवारमा शुक्रबार भएको छलफलमा कांग्रेस र एमाले अहिलेकै अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिन नसक्ने निष्कर्षमा पुगेका हुन् । विगतमा धेरै प्रतिवद्धता आएपनि कार्यान्वयन नभएकाले माओवादीले सरकारको नेतृत्व गर्न शान्ति प्रक्रिया पछाडि फर्किन नसकिने अवस्थामा पुग्नु पर्ने कांग्रेस र एमालेको मत छ ।

शान्ति प्रकृयामा ठोस काम भनेको के हो त ?

‘माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहिले शान्ति प्रक्रिया पूरा ठोस र व्यवहारिक आधार तयार हुनुपर्छ’ कांग्रेस महामन्त्री प्रकाशमान सिंह भन्नुभयो-’यो भनेको माओवादी लडाकूहरुको शिविर खाली हुनुपर्छ र हतियार राज्यलाई बुझाउनु पर्छ ।’ कांग्रेसको बुझाईमा शान्ति प्रक्रिया पूरा ठोस र व्यवहारिक आधार तय हुन सुरक्षा निकायमा समायोजन गरिने लडाकूहरुको संख्या, माडालिटी, र्‍याङकिङ, पुनःस्थापना प्याकेज लगायतका विषयमा समझदारी गरि ठोस र व्यवहारिक कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया सुरु हुनु पर्छ । ‘यो सबै काम गर्न कम्तिमा पनि ३/४ महिना त लागिहाल्छ’ सिंहले भन्नुभयो-’त्यसैले उक्त अवधिमा सरकारको नेतृत्व कांग्रेसले गर्नु पर्छ भनेर हामीले भनेका हौं ।’ चक्रिय प्रणालीमा सरकार गठन गर्न सहमत भएपनि शान्ति प्रक्रिया पूरा ठोस र व्यवहारिक आधार तय नभई माओवादी नेतृत्वको सरकार कुनै हालतमा स्वीकार्य नहुने सिंहको भनाई छ ।

शान्ति प्रक्रियाबारे एमालेको धारणा पनि कांग्रेसको जस्तै छ । ‘शान्ति प्रक्रियाका मूलभूत विषयहरुमा कांग्रेस र हाम्रो धारणा समान नै छ’ एमाले वार्ता टोली सदस्य भीम रावलले भन्नुभयो-’शान्ति प्रक्रिया पूरा ठोस र व्यवहारिक आधार तय नभएसम्म माओवादीको नेतृत्व स्वीकार्य हुँदैन । यो भनेको शान्ति प्रक्रिया पछाडि फर्किन नसकिने अवस्थामा पुग्नुपर्छ ।’




शान्ति प्रक्रिया पूरा ठोस र व्यवहारिक आधारहरु तय गर्नेबारे एमाले र कांग्रेसको समान धारणा छ । तर, शिविरहरु खाली गरि हतियार नबुझाएसम्म माओवादीको नेतृत्व स्वीकार्य नहुने कांग्रेसको अडानसँग एमाले सहमत छैन ।

‘हामीले पनि पहिले त्यही भनेका थियौं’ रावलले भन्नुभयो-’तर, अहिले परिस्थिति केहि फेरिएको छ । शान्ति प्रक्रियाबारे ठोस निर्णयहरु गरेर कार्यतालिका बनाएर तत्कालै कार्यान्वयन सुरु भयो भने माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना अझै छ ।’ माओवादीले शान्ति प्रक्रियाबारे ठोस प्रस्तावहरु ल्याएर दलहरुको सहमति जुटाए शिविरहरु खाली गरि हतियार नबुझाएसम्म माओवादीको नेतृत्व स्वीकार्य नहुने अडानमा रहेको कांग्रेसलाई मनाउन सकिने एमालेको विश्वास छ ।

online khabar

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]