भदौ १४ अघि नै राष्ट्रिय सरकार : माओवादी उपाध्यक्ष डा. भट्टराई


YYY
 साउन २१ गोरखा।   एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले भदौ १४ अघि नै राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ । विगत ३ वर्षमा बहुमतिय सरकार निर्माणको बिभिन्न परीक्षणहरु भएपनि शान्ति र संविधानको एजेण्डालाई ती सरकारहरुले अघि बढाउन नसकेको भन्दै उहाँले माओवादी, कांग्रेस, एमाले र मधेशवादी दलहरुको सहभागितामा  राष्ट्रिय सरकार आवश्यक रहेको बताउनुभयो । 

हरेक महिना गोरखा आउने नियमित कार्यक्रम अनुसार गाइखुर गाविसमा कार्यकर्ता भेटघाट गरी फर्कने क्रममा तनहुँको आँबुखैरेनीमा गोरखाका पत्रकारसंग कुराकानी गर्दै उहाँले राष्ट्रिय सहमतिको सरकारले मात्र शान्ति र संविधानको एजेण्डालाइ अघि बढाउन सक्ने स्पष्ट पार्नुभयो । 

केही दिनभित्रै सेना समायोजनको विषयमा प्रमुख दलहरुवीच सहमति बन्ने र सहमतिको सरकार पनि बन्ने संभावना रहेको उहाँले जानकारी गराउनुभयो । सहमतिको सरकारको नेतृत्वमा ठुलो पार्टि भएको नाताले माओवादीले गर्ने पनि उहाँले दावी गर्नुभयो । माओवादीको केन्द्रिय समितिको बैठकले प्रधानमन्त्रीको रुपमा आफुलाई चयन गरिसकेको पनि उहाँले जानकारी गराउनुभयो । 

भदौ १४ भित्र संविधानको प्रारम्भिक मस्यौदा तयार पार्ने कोशिस भइरहेको भन्दै डा. भट्टराईले राज्य पुनसंरचनाको बाहेक अरु सबैकुरा टुंगिएको पनि बताउनुभयो । यदि प्रारम्भिक मस्यौदा तयार पार्न सकेमा पुन म्याद थप गर्न समस्या नहुने उहाँको धारण थियो । संविधान सभामा निर्वाचित भएपछि ४३ औ पटक गोरखा आउँदा उहाँले गाइखुर गाविसको वर्षरे गाउँको दलित वस्तीमा पुग्नुभएको थियो । 

सो अवसरमा उहाँले स्थानीय वासिन्दाको माग अनुसार सामुदायिक भवन निर्माणका लागि आफ्नो संसद विकास कोषको १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]