काठमाडौंका संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा


YYY

१ भदौ, काठमाडौं । संविधानसभाको म्याद सकिन लाग्दा प्रदर्शन हुन सक्ने सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै स्थानिय प्रशासनले काठमाडौंका संवेदनशील स्थानलाई निषेधित क्षेत्र तोकेको छ ।

काठमाडौ जिल्ला सुरक्षा समितिले स्थानीय प्रशासन ऐन २०२८ -संसोधनसहित) को दफा ६ -३) अनुसार बिहीबारदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र तोकेको हो ।

राष्ट्रपति कार्यालयको कम्पाउण्ड क्षेत्रबाट दायाँ बायाँ ५० मिटर, उपराष्ट्रपति कार्यालयको कम्पाउण्ड क्षेत्रमा रहेको छ । यसैगरी प्रधानमन्त्री निवास क्षेत्र बालुवाटार, माइतीघर मण्डलादेखि सिंहदरबार पश्चिम पद्मोदय हाइस्कुल तथा माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण प्रवेशद्वार हुँदै हनुमानथानसम्म र सिंहदरबार पश्चिम द्वारदेखि भद्रकाली मन्दिरको पूर्व दक्षिणी क्षेत्र रिपुमर्दनी पेट्रोल पम्प क्षेत्रसम्म रहेको छ ।

निषेधित क्षेत्रहरूमा नयाँ बानेश्वर चोकबाट संविधानसभा भवनको पश्चिम बाटो हुँदै पश्चिम पर्खालको अन्तिम विन्दुसम्मको राजमार्गको दायाँ बायाँ दुवै किनारा, नयाँ बानेश्वर चोकदेखि अरनिको राजमार्ग हुँदै संविधानसभा भवनको दक्षिण पर्खालको अन्तिम विन्दुसम्मको राजमार्गको दायाँबायाँ दुवै किनारासम्मको क्षेत्र तोकिएको छ ।

साथै नयाँ बानेश्वर चोकदेखि शङ्खमूल जाने सडकतर्फ ५० मिटरसम्म, नयाँ बानेश्वर चोकदेखि माइतीघर मण्डलातर्फ अरनिको राजमार्गको ५० मिटरसम्म र संविधानसभा भवनको पश्चिम द्वार सिधा हनुमानथानतर्फको सडकको ५० मिटरसम्म निषेधित क्षेत्र तोकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]