विवादका बाबजुद पनि प्रधानमन्त्रीद्वारा नयाँ १० मन्त्रीको सपथ ग्रहण


YYY
 साउन १६ काठमाडौं। प्रधानमन्त्री झलनाथ खनालले  १० जना नयाँ मन्त्रीहरुलाई सोमबार सपथ ग्रहण गराउनु भएको छ  ।  माओवादीबाट सिफारिस गरिएका ९ र मधेशी जनअधिकार फोरमका १ जना मन्त्रीले सपथ ग्रहण गरेका हुन्  ।

आफ्नो दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसको चर्को बिरोधका बीच प्रधानमन्त्री खनालले नंया मन्त्रीहरुलाई सपथ ग्रहण गराउने निर्णय लिनु भएको हो ।एमाले स्थायी समितिमा सपथको विषयमा तिब्र मतभेद रहदा रहदै पनि प्रधानमन्त्री खनाल 'सपथ गराउँछु' भन्दै बैठकबाट बाहिरिएर शितल निवास पुग्नु भएको थियो  ।

मन्त्रीहरुको सपथ साँझ ५ बजेर ५ मिनेटमा हुने भनिए पनि प्रधानमन्त्री खनाल एमाले स्थायी समिति बैठकमा व्यस्त रहेकाले सपथमा एक घण्टा ढिलाई भएको थियो । प्रधानमन्त्री खनालले माओवादीका सबै मन्त्रीहरुले दिएको सामूहिक राजीनामा फिर्ता लिनुपर्ने राखेको शर्त माओवादीले स्विकार गरेपछि सपथ ग्रहणको वातावरण निर्माण भएको हो । माओवादीले सामूहिक राजीनामा फिर्ता लिएको पत्र प्रधानमन्त्रीलाई पठाएको छ।

माओवादीले सिफारिस गरेको १२ मन्त्रीहरु मध्ये ३ जना अहिलेकै क्याविनेटमा छन् । ९ जना नयाँ व्यक्ति छन् ।सपथ लिनेमा नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह,पोस्टबहादुर बोगटी सञ्चार,पम्फा भुसाल शान्ति,लोकेन्द्र विष्ट मगर स्वास्थ्य,हिसिला यमी भूमिसुधार,महेन्द्र पासवान उद्योग,जयपरी घर्ती महिला,बालबालिका,लेखराज भट्ट विज्ञान तथा प्रविधि र ओनसरी घर्ती खेलकुद हुनुहुन्छ । 

त्यसैगरी  फोरमका विजय यादव वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ।राज्यमन्त्रीहरुको सपथको टुङ्गो लागिसकेको छैन । सपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवास नेम्वाङ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहबीच मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको हो  । 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]