सरकारी बेरुजु १ सय १९ अर्व


YYY
साउन २२ काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले मन्त्रालय र विभागहरुको हाल सम्मको बेरुजुको आधा र बेरुजु हुनुका कारण बारेमा स्पष्ट रुपमा प्रष्ट्याएर तथ्याङक उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबार  सिंहदरबारमा बसेको बैठकले हाल सम्म रहेको सबै सरकारी बेरुजुको तथ्याङक सहितको कागज–पत्र उपलब्ध गराउन निर्देशन दिएको समिति सचिव सोमबहादुर थापाले जानकारी दिनुभयो । उहाँले मन्त्रालय र विभागको हाल सम्मको बेरुजु १ सय १९ अर्व रहेको बताउनुभयो ।

आर्थिक बर्ष २०५९–६० को बेरुजु रकम आउने साउन मसान्त सम्म शुन्यमा झार्ने योनजाका साथ काम अघि बढाएको सचिव थापाले बताउनुभयो । बैठकले फर्छाैट हुन सक्ने र नसक्ने बेरुजु छुट्टाएर तथ्याङक उपलब्ध गराउन सरकारका मुख्य सचिव माधव प्रसाद घिमिरेलाई निर्देशन दिएको छ ।

आर्थिक बर्ष २०५९–६० को बेरुजु मात्रै झण्डै ८ अर्वको रहेको छ । बेरुजु रकम अत्याधिक धेरै भएपनि लेखा समितिले आन्तरीक रुपमा छलफल गरेर फर्छाैट गर्नुका साथ फर्छाैट हुन नसकेका रकम असुल उपर गर्न निर्देशन दिदै आएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]