युनिटीको अस्पताल व्यक्तिको हातमा


YYY

अनिल पराजुली २२ साउन हेटौडा 

हेटौंडा÷बहुचर्चित ठगी भन्दा ‘युनिटी’ को लगानी रहेको हेटौंडा सामुदायिक अस्पतालले जनस्वास्थ्य सेवाका नाममा ठगी धन्दा मच्चाईरहेको खुलेको छ ।मकवानपुरका दुईहजार बढी युनिटी पीडितको लगानी रहेको यो संस्था झण्डै ६ महिनादेखि हेटौंडाका बिवादास्पद ‘व्यापारी’ राजकुमार न्यौपाने ‘कथित अध्यक्ष’ का नाममा संचालनमा छ । यस अघि पटक–पटक आन्तरिक राजस्व कार्यालय हेटौंडाले कर छलि गरेको आरोपमा कार्वाही गरेको हेटौंडा रारा स्टोर्सका संचालक न्यौपाने समुहले अस्पताल संचालन गर्दै आईरहेको दाबि गरेको छ ।    कानुनी रुपमा ‘युनिटी’ का राष्ट्रिय र स्थानिय दलालहरु ठगी आरोपमा फरार भईरहेका बेला अस्पताललाई सहकारीको रुप दिन प्रयासरत न्यौपाने समुह आफैंमा विवादमा छ ।    स्थानिय प्रशासनले युनिटी ठगी गिरोहका आरोपितहरुलाई कार्वाही गर्नुको साट्टो अस्पताल जस्तो संवेदनशिल संस्थालाई निर्वाध संचालन गर्न दिईरहेको छ । स्रोतका अनुसार अस्पतालका एक मात्र पूर्णकालिन डाक्टर रबिन्द्र ठाकुरले पनि अस्पताल छाडेका छन । उनले करिव दुई साताअघि अस्पताल छाडेको स्रोतको दावि छ ।    डाक्टर ठाकुरले अस्पताल छाडेपछि कथित अस्पतालअध्यक्ष्ँ न्यौपाने समुहले एनएमसी नम्बर समेत नपाएका बिरगञ्जका सुरेश झालाई डक्टर बनाइ बोर्ड झुण्डाएर उपचार गराउ“दै आएको थियो । 

यो घटनाको पर्दाफास भएपछि कथित डाक्टर झा बुधवारदेखि फारार भएका छन भने उनको बारेमा लेखिएको बोर्ड मेटाइएको छ । अस्पतालको एक नर्सका अनुसार झा डाक्टर नभएर भारत बिहारमा पढेका एक सिएमए हुन ।    जनस्वास्थ्य माथि खेलवाड भईरहेको जानकारी पाएपछि पुगेका पत्रकारलाई नक्कली डाक्टर झाले आफुपनि पत्रकार भएको बताउ“दै तर्साउन खोजेको मकवानपुरका पत्रकार कमलकुमारले बताएका छन । अस्पतालको साइनबोर्डमा डाक्टर सुरज झा एमबिविएस पटना लेखिएको थियो । डाक्टर झा बिवादमा मुछिएपछि अस्पतालले बोर्ड मेटेको थियो ।     मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराई समेतको मिलेमतोमा अस्पताललाई गैर कानुनी रुपमा संचालन गरिएको पाईएको छ । प्रजिअ भट्टराईले नै ठगी धन्दा युनिटीका मकवानपुरका हर्ताकर्तालाई कार्वाही नगरी जोगाएका थिए । अस्पताल युनिटीले संचालन गर्दाका पदाधिकारीलाई प्रजिअ भट्टराईले कुनै कार्वाही नगरी पीडितका नाममा अस्पताल संचालन गर्न बिवादास्पद व्यापारी राजकुमार न्यौपाने समुहलाई गोप्य मौखिक इजाजत दिएका हुन् ।    युनिटी अस्पताल संचालन प्रकरणमा प्रजिअ भट्टराईले घुस खाएको बताउ“ने युनिटी पीडित राधाकृष्ण पौडेलले गैर कानुनी अस्पताल बन्द गरी पीडितका नाममा न्याय गर्न सम्वद्ध निकाय संग माग गरेका छन । 

अस्पतालका कथित अध्यक्ष्ँ न्यौपानेको मोवाईल अफ भएका कारण सम्पर्क भएन तर, उनले शुक्रवारको शान्ति यात्रा साप्ताहिकमा अस्पताललाई सहकारीमा लैजाने बताएका छन । युनिटी पीडितको लाखौं फसेको संस्थालाई सहकारीमा लैजाना माफियाहरु लागिरहेको पाइएको छ ।     नक्कली डाक्टरका नाममा सेवा दिदै आएको अस्पतालमा कुनै मानविय क्षति भए संचालन अनुमती दिने प्रमुख जिल्ला अधिकारी दोषि हुने की अस्पताल संचालन गर्ने गिरोह ? स्रोत अनुसार युनिटी अस्पतालका तत्कालिन पदाधिकारीहरुले पनि राजिनामा गरिसकेका  छन । जनस्वास्थ्य माथि खेलवाड हु“दा समेत प्रजिअकै मिलेमतोमा नक्कली डाक्टरधारी अस्पताल संचालन हुदा पनि जिल्लाका राजनैतिक दलहरु मौन बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]