गोरखामा द्रुत राहदानी लिनेको संख्या बढ्यो


YYY
राजेन्द्र न्यौपाने
 साउन  १८ गोरखा । गोरखा जिल्लामा साउन १ गतेदेखि एम आर पी राहदानी जिल्लाबाटै पाउने भएपछि जिल्लामा साधरण राहदानीको तुलनामा द्रत राहदानी लिनेको संख्यामा वृद्धि भएको छ ।जिल्ला प्रशासन कार्यालय गोरखामा १५ दिनसम्म संकलन गरी क्षेत्रियप्रशासन कार्यालय पोखरा पठाइने र पोखराबाट सिधै परराष्ट्र मन्त्रालय जाने र एम आर पी राहदानी तयार भएपछि क्षेत्रिय प्रशासन हुँद जिल्ला प्रशासन कार्यालयमा आउने र जिल्ला प्रशासनबाट वितरण गरिने प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद वाग्लेले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

यसरी एउटा एम आर पी राहदानी तयार हुनको लागि न्युनत्तम ४५ दिन लाग्ने अनुमान कार्यालयले गरेको छ । गोरखामा यो वर्ष श्रावण १ गतेदेखि साधारण राहदानीका लागि एक सय ५४ जनाको सिफारीस गरिएको र द्रुत राहदानी ११० वटा सिफारीस गरिएको वाग्लेले जानकारी दिनुभयो । साधारण राहदानीको लागि जिल्लामा नै पाँच हजार लिएर राजश्व खातामा राख्ने गरेको र द्रुत राहदानीको लागि सिफारीसका साथ मन्त्रालयमा सिधै बाहकवालालाई पठाउने गरेको वाग्लेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय गोरखाको कार्यसम्पादन सम्बन्धि जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा वाग्लेले आफु गोरखा आएका ६ महिना भएको र यस अवधिमा आफुलाई सुझाव दिन पत्रकारहरु समक्ष आग्रह गर्नुभएको थियो ।प्रजिअ वाग्लेका अनुसार यो वर्ष ८८४८ बंशज नागरिकता , १६ बैवाहिक अंगिकृत, र ३८९१ प्रतिलिपि नागरिकता वितरण गरिएको छ । मुद्धामा सार्वजनिक अपराध १९, अबैधानिक हातहतियार ३, ठाडो उजूरी दुईसय २०, अघिल्लो वर्षका सरेर आएका ३३, संघ संस्था दर्ता ८९, संघ संस्था नविकरण एकसय दुई रहेको उहाँले बताउनुभयो ।

संघ संस्था दर्ताबाट दुई लाख ७३ हजार एकसय ३८ रुपियाँ राजश्व संकलन गरेको उहाँले बताउनुभयो । यसैगरी हातहतियार नविकरण १८ रहेको र सो वापत ५० हजार पाँचसय राजश्व संकलन भएको छ । कानुनी विवाह दर्ता पाँच रहेको छ । अन्तरजातिय विवाह १७ रहेको छ । राहत वितरण चार लाख, विस्तापित परिवारका ४५ जनालाई सात हजार दूईसयका दरले तीन लाख २५ हजार प्रदान गरिएको छ ।

वेपत्ता २ परिवारलाई दुई लाख दिएको , घाइते अपाङ राहत २० लाख ८० हजार ४० जनालाई वितरण गरिएको छ । विगतमा १३ लाख ५० हजार वितरण गरिएको थियो । द्वन्द्वका समयमा अपहरण परेका तीन परिवारलाई २५ हजारका दरले ७५ हजार दिएको उहाँले जानकारी दिनुभयो । दैवि प्रकोपमा चार लाख ६१ हजार पाँचसय २५ घर परिवारलाई वितरण गरिएको छ । प्रधानमन्त्री राहतकोषबाट प्राप्त १५ लाख मध्ये १३ लाख २५ हजार पाँचसय वितरण गरिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]