माओवादी नेतृत्वमा सरकार बन्ने कांग्रेस सभापति कोइरालाको खुलाशा


YYY
 साउन २१ काठमाडौं। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति र संविधानका लागि प्रधानमन्त्री झलनाथ खनालले पदबाट राजीनामा दिनुको बिकल्प नरहेको बताउनुभएको छ ।

महाराजगञ्जस्थित निवासमा शनिबार  रिपोर्टर्स क्लव नेपालसंगको साक्षत्कारमा सभापति कोइरालाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन बर्तामान सरकारले राजीनामा दिनैपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सहमतिका नाममा धेरै चलखेल भएको भन्दै जनताले अब साच्चिकै सहमति चाहेको बताउनुभयो ।

शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने ज्ञारेन्टी भए माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा आफैले प्रस्ताव गर्ने बताउनुभएका सभापति कोइरालो माओवादीको बोली र व्यवहारमा फरक रहेको बताउनुभयो । उहाँले माओवादीलाई विगतका सहमतिको कार्यान्वयन गरेर इमान्दार बन्न सुझाव दिनुभएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]