प्रधानमन्त्रीमा किन भट्टराई ? किन देउवा ?


YYY




३२ साउन, काठमाडौं । राष्ट्रिय सहमतिको सरकार गठन गर्न भन्दै एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले छलफल तीव्र पारेका छन् । अहिलेसम्मको स्थितिमा माओवादीले कांग्रेस र कांग्रेसले माओवादीको नेतृत्व स्वीकार्ने वातावरण बनिसकेको छैन ।

तर, चक्रिय प्रणालीको प्रस्ताव सहित माओवादीले कांग्रेसको विश्वास जितेर डाक्टर बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने सम्भावना उत्तिकै प्रवल देखिन्छ । त्यसो त भट्टराई पार्टीबाट एकमतले प्रधामन्त्रीको लागि सिफारिस भैसक्नुभएको छ भने बहुमत जनता पनि उहाँकै पक्षमा देखिन्छन् ।

त्यसो त कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा पनि प्रधानमन्त्रीको लागि कम्मर कसेर लागिसक्नुभएको छ । तर उहाँले पार्टीभित्रै विश्वास जितिसक्नुभएको छैन । जेहोस् यतिबेला भट्टराई र देउवा प्रधानमन्त्रीको मैदानमा उत्रिएको स्थिति छ । दुई उम्मेदवारसँगै उनीहरुका पक्षमा आफ्नो मत जाहेर गर्ने जनताहरु पनि दुईतिर बाँडिएका छन् । शेरबहादुर देउवाका पछिल्ला दुई प्रधानमन्त्री काल बिबादित रहेकाले उनलाई प्रधानमन्त्री बनाउनुहुन्न भन्ने धेरेको मत छ । यस्तै भट्टराई काम गर्न सक्ने र योजनासहितको नेता भएपनि संबिधान निर्माणजस्तो बिषयमा राजनीतिक संयोजन गर्न उहाँको ब्यक्तित्वले साथ दिदैन कि भन्ने पनि धेरै छन् । अहिलेको स्थितिमा दुवै नेता प्रधानमन्त्री बन्ने आधार के त ? दुवै उम्मेद्वारका दुईजना निकट व्यक्तिको कुरा सुनौं ।




यसकारण भट्टराई

देवेन्द्र पौडेल, नेता एकीकृत नेकपा माओवादी

बाबुराम भट्टराई नै प्रधानमन्त्री बन्ने वातावरण सृजना हुन थालेको छ । हामीले औपचारिक रुपमा वार्ता र परामर्श थालेका छौं । यतिबेला धेरै जनता भट्टराई नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने चाहान्छन् । शान्ति र संविधान निर्माण प्रकृया टुंगोमा पुर्याउन पनि उहाँकै नेतृत्व आवश्यक छ । किनकी संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीले भट्टराईकै नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ । उहाँ हाम्रो पार्टीको सर्वसम्मत उम्मेद्वार हुनुहुन्छ । अहिले चर्चामा रहेका नाममध्ये उहाँको क्षमता र योग्यता बढी छ । अरुमा भन्दा केही गर्ने सोंच र जाँगर भट्टराईमा नै देखिन्छ । सबै शक्तिलाई सन्तुलनमा राख्न सक्ने खुबी पनि उहाँमा छ । माओवादीलाई बाहिर राखेर शान्ति र संविधान निर्माण प्रकृया पूरा हुँदैन भन्ने कुरा अन्तर्राष्ट्रिय शक्तिलाई पनि राम्रोसँग थाहा छ । भट्टराईको नेतृत्वलाई भारत, अमेरिका लगायतका देशले पनि सहानुभूति जनाउँछन् भन्ने मलाई लाग्छ ।

यसकारण देउवा

विमलेन्द्र निधी, नेता

नेपाली कांग्रेस माओवादी र एमाले नेतृत्वको सरकार जनताले हेरिसकेका छन् । अब पालो कांग्रेसको हो । कांग्रेसमा पनि शेरबहादुर देउवासँग सरकार सञ्चालनको लामो अनुभव छ । यतिबेला राष्ट्रलाई उहाँकै नेतृत्व खाँचो छ । सिंगो कांग्रेस पनि उहाँकै पक्षमा छ । शान्ति प्रकृयालाई यहाँसम्म ल्याउन उहाँको भूमिका महत्वपूर्ण छ । माओवादी लगायतका शक्तिहरुसँग उहाँले महत्वपूर्ण छलफल गर्दै आउनुभएको छ । समावेशी राजनीति गर्ने क्षमता उहाँमा छ । अप्ठेरो अवस्थामा निर्णय गर्न सक्ने र सबैलाई मिलाएर लैजाने खुबी पनि देउवासँग छ । राष्ट्रियसँगै अन्तर्राष्ट्रिय शक्तिलाई पनि सन्तुलनमा राखेर अघि बढ्नुपर्ने भएकालेको अहिलेको यो स्थितिमा देउवाकै नेतृत्व आवश्यकता छ ।

onlinekhabar

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]