निर्णायक शक्ति मधेसी मोर्चा कि एमाले ?


YYY

एक अर्काको मुख ताक्दै




१ भदौ, काठमाडौं । सत्ताको साँचो मानिएको संबिधानसभाभित्रको चौथो शक्ति मधेसी मोर्चालाई आफ्नो पक्षमा पार्न सरकारको नेतृत्व दावी गरिरहेको माओवादी र कांग्रेस लागिपरेका छन् ।

चौथो शक्तिका रुपमा रहेको मधेसी मोर्चालाई आफ्नो पक्षमा पर्न सके सरकारको नेतृत्व लिन सहज हुन्छ भन्ने माओवादी र कांग्रेस दुबैको विश्वास छ ।

लगातार दुईपटक प्रधानमन्त्री उम्काउन सफल नेकपा एमाले पनि प्रतिपक्षमा बस्ने सार्वजनिक अभिब्यक्ति दिएर सत्तामा आफ्नो निर्णायका भूमिकालाई प्रष्टाउन खोजिरहेको छ । सकेसम्म सहमतीय नभए बहुमतीय नै भएपनि सरकार बनाउन कस्सिएका कांग्रेस र माओवादीले यी दुवै दललाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । तर, मधेसी मोर्चा र एमाले दुबै कुन दललाई समर्थन गर्ने भन्नेबारे एक अर्काले पहिले निर्णय गरोस् भन्ने पक्षमा छन् ।

‘अहिले सरकार गठनको विषयमा एमालेको भूमिका महत्वपूर्ण भएको छ’ मधेसी मोर्चाको एक घटक मधेसी जनअधिकार फोरम गणतान्त्रिकका सहअध्यक्ष राजकिशोर यादवले भन्नुभयो-’उसले निर्णय नगरेसम्म हामी पनि कुनै निर्णयमा पुग्ने अवस्थामा छैनौं ।’ अहिले नै आफूले कुनै एक पक्षलाई समर्थन गर्दा राष्ट्रिय सहमतिको बाधक भएको आरोप लाग्ने भएकाले पनि मोर्चाले एमालेको निर्णय पर्खिएको हो । एक अर्काको नेतृत्व स्वीकार नगर्ने माओवादी अडानका कारण सहमतिको सरकार गठनको सम्भावना कम हुँदै गएको निष्कर्षमा पुगेको मधेसी मोर्चाले समान धारणा बनाउन एमालेसँग छलफल गर्दैछ ।

‘हामी अझै पनि सहमतिको सरकार गठनकै प्रयासमै छौं’ मोर्चाको अर्को घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भन्नुभयो-’यसमा एमालेको पनि महत्वपूर्ण भएकाले समान धारणा बनाउन भोलि छलफल गर्दैछौं । हाम्रो आग्रह राष्ट्रिय सहमतिको अडानमा अडिग रहने हुनेछ ।’ एमालेले आफ्नो अडानमा साथ दिए सहमतिको सरकार गठनका लागि बल पुग्ने मधेसी मोर्चाको विश्वास छ । तर, एमालेमाथि पूर्ण विश्वास गर्ने अवस्था नरहेको मोर्चाका नेताहरु बताउँछन् । ‘विगतलाई हेर्ने हो भने एमालेको भूमिका सँधै ढुलमुले देखिएको छ’ कर्णले भन्नुभयो-’राष्ट्रिय सहमतिको अडानमा रहिरहनेमा हाम्रो आशंका छ ।’ मोर्चामा आवद्ध दलका नेताहरु अहिले आफूहरुले अहिले राष्ट्रिय सहमतिका लागि इमान्दारिताका साथ पहल गरिरहेको बताउँछन् ।

राष्ट्रिय सहमतिमा जोड दिँदै आएको एमाले भने सरकार गठनबारे मधेसी मोर्चाले पहिले निर्णय गरोस भन्नेमा छ । कसलाई समर्थन गर्ने भन्ने मधेसी मोर्चाको निर्णयका अधारमा आफूलाई निर्णय गर्न सहयोग हुने एमालेको बुझाई छ । ‘सरकार गठनमा मधेसी मोर्चाको भूमिका निर्णयक नै हुन्छ’ एक नेताले भने-’मधेसी मोर्चाले कसलाई समर्थन गर्छ भन्नेमा सरकार गठन भर पर्छ ।’ यद्यपी औपचारिक कुराकानीमा भने एमाले नेताहरु आफूहरुको पहिलो प्राथमिकता शान्ति प्रक्रिया भएको बताउँछन् । ‘अहिले अडि्कएको शान्ति प्रक्रियामा होे’ एमाले वार्ता टोलीका सदस्य भीम रावलले भन्नुभयो-’शान्ति प्रक्रियामा भएका सहमतिहरुलाई व्यवहारमा रुपान्तरण गर्ने हो भने राष्ट्रिय सहमतिको सरकार गठन गर्न गाह्रो छैन ।’

onlinekhabar

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]