भारतीय राजनीतिकी सबैभन्दा प्रभावशाली नेतृ सोनिया गान्धी अस्वस्थ्य


YYY
 साउन २० एजेन्सी । भारतीय राजनीतिकी सबैभन्दा प्रभावशाली नेतृ तथा कांग्रेस आई अध्यक्ष सोनिया गान्धीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

तर नेतृ गान्धीको शरीरको कुन भागको कहाँ शल्यक्रिया गरियो भन्ने कुरा गोप्य राखिएको अन्तराष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । तर उनी अहिले भारतमा नभएको पुष्टि गरिएको छ । श्रीमती गान्धीको सुरक्षालाई ध्यानमा राखेर उनको उपचार र उपचार स्थलबारे कुनै जानकारी सार्वजनिक नगरिएको हो ।

केही भारतीय वेभसाइटहरुले उनको उपचार अमेरिकाको न्यूयोर्कस्थित स्लोवान केटेरिङ क्यानसर सेन्टरमा भएको दाबी गरेपनि यस्को स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । विदेश जानु अघि गान्धीले पार्टी तथा सरकार संचालनका लागि ४ सदस्यीय एक टिम निर्माण गरेकी थिइन् ।

टिममा सोनीका छोरा राहुल, कांग्रेस महासचिव जर्नादन द्धिवेदी, रक्षा सचिव ए के एन्टोनी र सोनियाका स्वकीय सचिव अहमद पटेल रहनु भएको छ । सोनियका भारतका पूर्व प्रधानमन्त्री स्वर्गिय राजीव गान्धीकी श्रीमति हुनुहुन्छ । गान्धीको सन् १९९१ मे २१ मा हत्या गरिएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]