जापानमा रोधि साँझका लागि आमन्त्रिण कलाकारको बिदाई सम्पन्न


YYY
कुमार तमु, जापान- तमु धिं टोक्यो जापानले १५औ रोंधि साँझका लागी आमन्त्रित कलाकारहरुलाइ एक कार्यक्रम बिच बिदाई गरेको छ ।


कलाकारहरु द्वय लोक पप गायक रामचन्द्र काफले र चर्चित हास्य कलाकार शिवहरी पौडेल लाइ तमु धिं का अध्यक्ष,याम तमु ,कार्यक्रम संयोजक उपाध्यक्ष, भीम तमु,सल्लाहकार ओम प्रकाश तमु , सल्लाहकार दिनेश तमु र सल्लाहकार इश्वर तमु कोषाध्यक्ष खड्ग सिंग तमु सह-कोषाध्यक्ष प्रकश तमु र सदस्यहरु पदम् तमु ,अनिला तमुस्यो,बुद्ध तमु,प्रकाश तमु मनोज घले,र यामा तमुस्यो लगायतले खादा लगाएर मायाको चिनो स्वरुप उपहार प्रदान गरि बिदाई गर्नु भएको थियो ।

तमु धिं टोक्यो जापानको आयोजनामा अगस्त १६ तारीख साँझ नेपाल जापान सांस्कृतिक प्रतिष्ठानको हलमा भएको बिदाई कार्यक्रममा कार्यसमितिका सदस्यहरु लगायत अन्य महानुभावहरुको पनि उपस्थिति रहेको थियो !कार्यक्रममा नेपाल जापान सांस्कृतिक प्रतिष्ठानको निमंत्रणमा केही महिना अघि जापान आई पुगेका लोक दोहोरी गायक बिलन थापा मगर र ज्योति थापा मगर लाइ पनि धिंको तर्फ बाट कोषाध्यक्ष खड्ग सिंग तमुले खादा लगाई तथा नगद रु - १५००० /१५००० हजार रुपैयाले दूबै जनालाई सम्मान गर्नु भएको थियो |



कार्यक्रममा कलाकार द्वय लोक पप गायक रामचन्द्र काफले र हास्य कलाकार शिवहरी पौडेलले तमु धिं जापानले प्रवासमा रहेर पनि यसरी रोंधि साँझ कार्यक्रमको आयोजना गरि नेपाल देखि हरेक बर्ष यसरी नै नेपाली कलाकारहरु लाइ जापानमा बोलाई नेपाली कला संस्कृतिलाइ माया गरेकोमा आफुहरुलाइ धेरै खुसी लागेको र संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै धिं ले फेरी अबसर दिएमा आफुहरु अर्को कार्यक्रममा पनि सहभागी हुने बिचार ब्यक्त गरे ।

धिं का अध्यक्ष याम तमुको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा कलाकारहरु लाइ सफल शुभ-यात्राको शुभ-कामनाका साथै कार्यक्रम सफल पारी दिनु भएकोमा धन्यबाद ज्ञापन गर्नु भयो । कार्यक्रमको सञ्चालन धिं का सचिब बिष्णु तमुस्योले गर्नु भएको थियो भने अन्त्यमा जलपान कार्यक्रमको ब्यवस्था साथै बिदाई कार्यक्रममा उपस्थित महानुभाबहरुका लागी गायक रामचन्द्र काफले र शिवहरी पौडेलले आफ्ना सांगीतिक प्रस्तुतिहरु राखेका थिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]