क्यालिफोर्नियामा १६ सेम्टेम्बरमा पर्यटन वर्ष २०११ विशेष कार्यक्रम गरिने


YYY




क्योलिफोर्निया - सभापति अनिल पाण्डेको सभापतित्वमा बसेको बैठकले आगामी सेप्तेम्बर १६, शुक्रबारका दिन सन्फ्रन्सिस्को शहरमा पर्यटन बर्ष 2011 , नेपाल कार्यक्रम गर्ने निर्णय गरेको छ ।

क्यालिफोनिर्यास्थित सन्फ्रन्सिस्को बे-एरियामा रहेका नेपाली र उनीहरुद्वारा खोलिएका संस्थाहरुबीच कायम रहेको एकता नेपाली डायस्पोराका लागि उदाहरणीय बन्ने गरेको छ । नेपाली समुदायका सदस्यहरुलाई समस्या पर्दा यस क्षेत्रका संस्थाहरुले जुन हार्दिकताका साथ सहयोग गर्दै आएका छन् । सद्भावपूर्ण नेपाली समुदायको यस व्यवहारको एक अंग हुन पाएकोमा मदरल्याण्ड नेपाल गौरवको अनुभूति गर्दछ ।


नेपाली समुदायबीच बढ्दै गएको सद्भावपूर्ण यस अवस्थामा मदरल्याण्ड नेपाल आफ्नो मातृभूमि नेपालको पर्यटन वर्ष २०११ मनाउने अभियानमा सहभागी भएर ऐक्यबद्धता प्रमाणित गर्न चाहन्छ । बे-एरियामा रहेका २७ नेपाली संस्थाको सहकार्यमा सन्फ्रन्सिस्को डाउनटाउनमा नेपालीको पहिचान खुलाउने गरी जुलुस प्रदर्शन गर्ने मदरल्याण्डको योजना रहेको छ ।

स्थानीय प्रशासनको अनुमतिमा आगामी सेप्टेम्बर १६ तारिखका दिन २७ वटै संस्थाबाट प्रतिसंस्था चार-पांच जनामात्र प्रतिनिधिको उपस्थिति भएपनि करिव दुई सय नेपाली जुलुसमा सहभागी हुन सक्छन् भन्ने हाम्रो विश्वास छ । आफ्नो मातृभाषा र संस्कृतिअनुसारको पहिरनमा सजिएर सहभागी हुने तामाङ राई थारु मधेशी खसआदि पहिरनमा नेपाली झण्डाका साथ पर्यर्टन वर्ष २०११ को व्यानर बोकेर जुलुस प्रदर्शन गर्ने र नेपालको भ्रमण गर्न विश्वका नागरिकलाई अनुरोध गर्ने कार्यक्रममा सहभागी हुन मदरल्याण्ड नेपाल सबैमा हार्दिक अनुरोध गर्दछ ।


जुलुसका क्रममा नेपाल र नेपालीको पहिचान देखाउने उद्देश्यले तयार पारिएको परिचय पुस्तिका ब्रोसर पनि वितरण गरिने छ । परिचय पुस्तिकामा आफ्नो संस्थाको लोगो प्रकाशित गर्न चाहने सबै नेपाली समुदायका नेपाली संघ संथालाई पनी सम्पर्कका लागि अनुरोध गरिएको छ ।


पर्यटन वर्ष २०११ बारे प्रचार प्रसार कर्य्र्क्रममा मदरल्याण्ड नेपाल का सदस्ये , आजिबन सदस्ये सल्ल्हाकार एबम सबै सुभचिन्तक हरु मा उपस्थितिका लागि हार्दिक आनुरोथ गर्दछौ र सम्पुर्ण बे बे-एरिया बासी नेपाली दाजु भाई दिदिबहिनीहरुलाई नेपाली पोसकमा उपस्थित भई दिन हुन हार्दिक अनुरोध् गरिएको छ !

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]