२८ औं जन्मदिन मनाउँदै रेखा


YYY
काठमाण्डौ, २०६८ भाद्र ५, सोमवार - नायिका रेखा थापाले आजको दिन यस संसारमा पाईला टेकेकी हुन् । २०५७ सालमा पहिलो पटक हिरो चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरू गरेकी नायिका रेखा थापाको आज जन्म दिन हो । उनले आज आफ्नो २८ औं जन्मदिन मनाउँदै छिन् । गत बर्ष चलचित्र 'खुसी' को युनिटसँग आफ्नो जन्मदिन सेलिब्रेट गरेकी रेखाले यस बर्षको जन्मदिन आफ्नै होम प्रोडक्सनमा बनेको चलचित्र 'रावण' को युनिटसँग सेलिब्रेट गर्ने बुझिएको छ । बिहानै मन्दिर गएर पुजा आजा गर्ने र दिनभर चलचित्र 'रावण' को सुटिङमा व्यस्त हुने बताउँदै रेखाले जन्मदिनको अवसरमा कुनै त्यस्तो भव्य कार्यक्रमको आयोजन गर्ने योजना नभएको बताइन् ।
लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा राज गर्दै आएकी रेखालाई जन्म दिनको शुभकामना दिन चाहनेले तलको कमेन्ट बक्समा गएर शुभकामना सन्देश छाड्न सक्नु हुनेछ । फिल्मीखबर


नायिका रेखालाई सुन्दर संसार डट कम को तर्फबाट जन्मदिनको हार्दिक शुभकामना !

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]