यात्रु अंगभंग भए जेल परिएला


YYY
मकर श्रेष्ठ - भक्तपुर, भाद्र ४ - भक्तपुर- च्यामा-२ दोलखाका कर्णबहादुर महतले चलाएको बा१ख ४९७ को बसको ढोकाबाट साउन १४ मा एक जना यात्रु खसेर घाइते भए । प्रहरीले नियन्त्रणमा लिएका चालक महतलाई अंगभंग सम्बन्धी मुद्दा चलायो । जिल्ला अदालत भक्तपुरले उनलाई बिहीबार २५ हजार धरौटीमा छाडेको छ ।

असार २६ मा चित्तपोल-१ का अनिल हेंगजुले चलाएको बा३८प ४६९७ नम्बरको मोटरसाइकलले झौखेलकी गीता राउतलाई ठक्कर दिई अंगभंग बनायो । उनलाई पनि अदालतले ५० हजार धरौटी लिएर छाडेको छ । २०६७ चैत २५ गोरखा श्रीनाथकोट-७ का विशाल गुरुङले चलाएको स्कुटरले ठक्कर दिई अंगभंग भएपछि पुर्पक्षका लागि जेल गए । महानगरीय प्रहरी परिसर भक्तपुरले महत, हेंगजु र गुरुङलाई जस्तै २०६७ देखि २०६८ साउन मसान्तसम्म १५ जनालाई अंगभंगको मुद्दा चलाएको छ । प्रहरीले चलाएको मुद्दा अनुसार अदालतले घटनाको प्रकृति अनुसार केहीलाई धरौटीमा छाडेको छ भने केही चालकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार भक्तपुर प्रहरीले सवारी दुर्घटनामा अंगभंग गराउने चालकलाई कारबाहीमा तीव्र बनाएको हो । भक्तपुरले जस्तो अन्यत्र कानुनको पालना नगराएको सरकारी वकिलको कार्यालयले दाबी गरेको छ । 'अंगभंग गराए कारबाही गर्ने ऐनमा मात्रै सीमित थियो,' एक वकिलले भने, 'भक्तपुरमा पालना गराउन कन्जुस्याइँ गरिएको छैन ।'

बिरामीको अवस्था गम्भीर देखियो वा अस्पतालबाट घाइतेको अवस्थाबारे प्रस्ट जानकारी नआए चालकलाई अंगभंगको मुद्दा चलाउने गरेको
परिसर प्रमुख एवं प्रहरी उपरीक्षक नारायणसिंह खड्काले बताए । 'मुद्दा चलाउनुअघि अस्पतालबाट बिरामीको अवस्थाको जानकारी लिन्छौं, तुरुन्तै घर र्फकन नसक्ने गम्भीर बिरामीको उपचारमा समस्या नहोस् भनेर मुद्दा चलाउने गरेका हौं, ' उनले भने, 'मुद्दा चलाएपछि पीडितको उपचारमा पनि सहज भएको छ ।'

नियन्त्रणमा लिएको चालकलाई पक्राउ परेको २४ घन्टाभित्र मुद्दा चलाइसक्नुपर्ने हुन्छ । यस्ता चालकलाई अंगभंग बाहेक अन्य मुद्दा चलाउन नमिल्ने उनले बताए । २४ दिनसम्म पनि घाइते बिरामी डिस्चार्ज नभए अंगभंगसम्बन्धी मुद्दा अदालतमा पेस गर्ने गरेको खड्काले बताए । ऐनको दफा १६२ मा सवारीले किची, ठक्कर दिएर सवारीभित्र र बाहिर जहाँ भए पनि मानिस घाइते भएमा अंगभंगसम्बन्धी मुद्दा चलाउन सक्ने उल्लेख छ । त्यस्तै अन्धो वा नपुंसकमध्ये जुनसुकै भए पनि चालकलाई आठ वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना गर्न

सक्छ । यसबाहेक अन्य कुनै अंग काम नलाग्ने भएमा आठ वर्षसम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । उपचारपछि कुनै अंग काम लाग्ने भए पनि जरिवाना लिन सक्छ । ऐनको दफा १६३ मा घाइते खर्च, क्षतिपूर्ति प्रमुख जिल्ला अधिकारीले चालक, सवारीधनी वा व्यवस्थापकबाट भराइदिनुपर्ने उल्लेख छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य एवं काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष सुरकृष्ण वैद्यले विगतमा मृत्यु र अंगभंग हुँदा मात्रै मुद्दा चलाउने गरेकोमा अहिले समान्य दुर्घटनामा पनि मुद्दा चलाउने गरेको बताए ।

मुद्दा चलाएका चालकरू:

रामेछाप भालुवाजोर-६ का आङदोर्जे घिसिङ (थुनामा)

रामेछाप खिम्ती-४ का हेमबहादुर खत्री (पाँच हजार धरौटी)

काभ्रे-५ का रमेश मिजार (१० हजार धरौटी)

पाँचखाल-९ काभ्रेका कमल विक (१५ हजार धरौटी)

दोलखा दुधपोखरी-८ का अमन लामा (पुर्पक्षका लागि थुनामा)

भक्तपुर नपा-३ का रामशरण गायजू (२० हजार धरौटी)

रामेछाप-२ का कृष्णबहादुर तामाङ (पुर्पक्षका लागि थुनामा)

सारदा बतासे-७ काभ्रेका विनोद श्रेष्ठ (१५ हजार धरौटी)

होक्से-५ काभ्रेका प्रेम तामाङ (धरौटी)

पनौती-११ काभ्रेका हरिकुमार कार्की (३० हजार धरौटी)

देवीस्थान-५ बागलुङका वीरबहादुर पुन (५ हजार धरौटी)

हैबुंग-८ सिन्धुपाल्चोकका लोर्गे तामाङ मुद्दा पेस हुन बाँकी

- कान्तिपुर बाट

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]