प्रधानमन्त्री खानाल र अमेरिकी राजदूत डेलिसीवीच भेटबार्ता


YYY
 साउन २० काठमाडौं। प्रधानमन्त्री झलनाथ खनालसंग नेपालका लागि अमेरिकी राजदूत स्कट एच.डेलिसीसंग भेटबार्ता गर्नुभएको छ ।

सिंहदरबारमा आज भएको भेटबार्तामा राजदूत डेलिसीले नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति चासो ब्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्रमामिला सम्बन्धि सल्लाहाकार मिलन तुलाधरले जानकारी दिनुभयो । त्यस क्रममा खनाल र डेलिसीवीच दलहरुका वीच भएको पाँच बुँदे सहमति र शान्ति प्रक्रिया एवं संविधान निर्माणका बिषयमा पनि छलफल भएको छ ।

राजदूत डेलिसी नेपालको शान्ति प्रक्रियाबारे जानकारी गराउन भोली शनिबार न्यूयोर्क जाँदै हुनुहुन्छ । डेलिसीले आफ्नु अमेरिका जाँदै गरेका बारेमा समेत प्रधानमन्त्री खनाललाई जानकारी गराउनु भएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]