चौध जना मलामी गिरफ्तार


YYY
 साउन २० नुवाकोट। विष सेवन गरी आत्महत्या गरेकी महिलाको मलामी गएका १४ जनालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ । जिलिङ-६ महादेवखर्ककी २४ वर्षीया बिन्दामाया तामाङको पोस्टमार्टम नगरी शव जलाएको कारण मृतक महिलाको घर पक्ष र माइती पक्षका नातेदारहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक नवराज मल्लले जानकारी दिनुभएको छ ।

पक्राउ पर्नेहरूमा मृतकका ससुरा लालसिंह तामाङ, काका ससुरा प्रेमबहादुर तामाङ, ठूलोबुबा भक्तबहादुर तामाङ, भाइ शेरबहादुर तामाङलगायत १४ जना छन् । बिन्दामायाले घरमै विषादी सेवन गरी आत्महत्या गरेपछि घर र माइती पक्षबीच सहमति भएपछि गाउमै शव जलाइएको थियो । स्थानीय रामजी तामाङका अनुसार शव जलाउनका लागि पोस्टमार्टम र प्रहरी रिपोर्ट आवश्यक पर्ने थाहा नभएका कारण आफन्तहरूले शव जलाएका हुन् ।

 प्रहरी कार्यालयका अनुसार आत्महत्या भनिएता पनि प्रहरीलाई जानकारी नदिएको र घटनाको बारेमा अनुसन्धान गर्न नपाएकोले मृत्यु शङ्कास्पद रहेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]