प्रधानमन्त्रीले भने जस्तो साउन २८ भित्र रिग्रुपिंग हुनै नसक्ने काग्रेस र माओवादीको ठोकुवा


YYY
 साउन २१ काठमाडौ। एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेल र नेपाली काग्रेसका नेता डा मिनेन्द्र रिजालले प्रधानमन्त्री भने जस्तो साउन २८ गतेभित्र माओवादी लडाकुको रिगु्रपिङको काम कुनै पनि हालतमा हुन नसक्ने ठोकुवा गर्नुभएको छ ।

शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा माओवादी सचिव गजुरेलले समायोजनको मोडालिटि र संख्या निर्धारण नभई रिगु्रपिङको काम हुनै नसक्नै भन्दै प्रधानमन्त्रीले दिएको समयभित्र कुनै पनि हालत पनि काम गर्न नसक्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो–पहिला रिगु्रपिङ गर्ने भन्ने कुरा चामल विना भात पकाउने कुरा जस्तै हो । यो प्रक्रियागत रुपमै मिल्दैन । प्रधानमन्त्रीले २८ गते भित्र रिगु्रपिङको काम नसके राजिनामा दिने भनि गरेको घोषणा जनतामा हुनै नसक्ने विषयमा भ्रम फैलाउने कुरामात्रै हो ।

उहाँले सेना समायोजन विशेष समितिले समायोजनको विषयमा कुनै काम नभएको केवल हल्ला मात्रै बढी भएको दावी गर्दै अहिले दलहरुवीच सहमति भएर रिगु्रपिङको काम सम्पन्न गर्ने अवस्था नै नभएको ठोकुवा गर्नु भयो ।

सरकार गठन हुँदा भएको सात बुँदे सहमति र संविधानसभाको म्याद थप्ने बेलामा भएको पाँच बुँदे सहमति अनुसार पनि प्रधानमन्त्री झलनाथ खनाल धेरै दिन पदमा रहन नमिल्ने भन्दै माओवादीले पनि अब प्रधानमन्त्री धेरै दिनसम्म पदमा रहनु नहुने निष्कर्स निकालेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–अब प्रधानमन्त्री धेरै दिन पदमा बस्न मिल्दैन । अब हामि उहाँ रहिरहनु पर्छ भन्दैनौ । उहाँले ठूलो दलको हैसियतले पनि अब माओवादीको नेतृत्वमा सहमतिको

सरकार बन्नु पर्ने भन्दै उपाध्यक्ष डा बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बन्ने दावी गर्नुभयो । माओवादी नेताहरुले प्रयोग गरिरहेको दोहोरो सुरक्षा अन्यका विषयमा पार्टीले सर्वसम्मत रुपमा निर्णय गरिसकेको भन्दै गजुरेलले बैकल्पिक ब्यवस्था भए पछि दोहोरो सुरक्षा अन्त्य हुने बताउनुभयो ।

साक्षात्कारमा नेपाली काग्रेसका नेता डा मिनेन्द्र रिजालले पनि प्रधानमन्त्रीले भनेजस्तो साउन २८ गतेभित्र कुनै पनि हालतमा लडाकुको रिगु्रपिङको काम हुन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले अहिलेसम्म लडाकुको शिविरको सुपरिवेक्षणको काम समेत हुन नसकिरहेको अवस्थामा रिगु्रुपिङको काम हुनै नसक्ने बताउनुभयो । उहाँले स्वेच्छीक अवकास, पुर्नस्थापना र समायोजनमा जानेलाई स्वतन्त्र अवसर दिने मा सहमति नभएको, मोडालिटि, संख्या,प्याकेजमा सहमति नभएको अवस्थामा रिगु्रपिङको काम गर्नै नसकिने दावी गर्नुभयो ।

अहिलेसम्म भएका सहमति र अन्तरिम संविधानमा भएको ब्यवस्था बाहेक समायोजनको काम हुनै नसक्ने भन्दै रिजालले माओवादीले पूर्व सहमति नै गल्ति भएको भनि भनेको अवस्थामा समायोजनको काम त्यती सहज नभएको बताउनुभयो । विशेष समितिले सामान्य बाहेक समायोजनको विषयमा खासै काम गर्न नसकेको विशेष समितिका सदस्य समेत रहेका रिजालले स्विकार्नुभयो ।

शान्ति प्रक्रियाको विषयमा कुनै ठोस काम हुन नसकेको अवस्थामा माओवादीको नेतृत्वमा सहमतिको सरकार बन्नै नसक्ने ठोकुवा गर्दै उनले काग्रेसको नेतृत्वमा शान्ति प्रक्रिया र संविधान निर्माणसम्मको समयसम्मको लागी सरकार बन्ने दावी गर्नुभयो । उहाँले शान्ति र संविधानको नेतृत्व गरेको काग्रेसको नेतृत्वमा सहमतिको सरकार बनेमात्रै शान्ति र संविधानको काम पुरा हुने विश्वास ब्यक्त गर्नुभयो ।

काग्रेसभित्र सरकारको नेतृत्व संसदीय बोर्ड र केन्द्रीय कमिटिबाट तय गनेर् प्रचलन भएको भन्दै सोही प्रक्रियाबाट सहमतिको सरकारको नेतृत्व पनि पार्टीले सहमतिमै चयन गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रधानमन्त्री झलनाथ खनालले आफ्नो र पार्टीको समेत बदनामा गरिसकेको अवस्थामा अब धेरै दिन पदमा बस्नै नहुने भन्दै तत्काल राजिनामा दिदाँ नै उहाँको भलो भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो– आफै बदनाम भईसक्नुभयो । पार्टीलाई पनि अप्ठ्यारोमा पारिसक्नुभयो । अब प्रधानमन्त्री पदमा टासिएर बसिरहनु हुँदैन ।

पत्रकारको जिज्ञासामा नेता रिजालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेको कुरा पुरा गरेको भए राजनीतिमा अहिलेको जस्तो अप्ठ्यारो अवस्था आउनै नसक्ने दावी गर्दै उहाँको बोल्ने गर गर्ने काम देखिएको फरकले नै माओवादी पार्टी भित्र र बाहिर अप्ठ्यारो अवस्था आएको आरोप लगाउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]