पहिराले तीन घर पुरिए


YYY
  • पोखरा-बागलुङ राजमार्ग अबरुद्ध

विमल खतिवडा,

पर्वत, भाद्र ५ - पर्वतको देउपुर गाविस ९ स्थित डिमुवामा सोमबार विहान अविरल बर्षा संगै आएको पहिराले तीन वटा घर पुरिएको छ । स्थानीय किमबहादुर परियार, प्रेमबहादुर क्षेत्री र लोकबहादुर क्षेत्रीको घर गोठ पहिराले पुरेको प्रहरीले जनाएको छ । त्यस्तै सडकमा पहिरो खसेपछि पोखरा-बागलुङ राजमार्ग समेत अबरुद्ध भएको छ । उता मोदी खोला जलविद्युत केन्द्रमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक विजयराज पण्डितले बताए ।

पहिराले मानवीय क्षति भने भएको छैन । विहान ५ बजेबाट सडक भन्दा माथिबाट पहिरो र्झन सुरुगरेकाले अबरुद्ध सडक खुलाउन समस्या भएको निरिक्षक पण्डितले जानकारी दिए । सडक अबरुद्ध भएसंगै बाग्ालुङ, म्याग्दी र पर्वतबाट छुटेका लामा तथा छोटा दुरीका यातायातका साधन बीच सडकमै रोकिएका छन् । प्रहरी,नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाउने कार्य गरी रहेपनि बषर्ा हुने क्रम नरोकिएकाले समस्या भएको प्रहरीले जनाएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]