ओलम्पिक खेलमा नेपालीको चासो र चिन्ता


YYY

धर्मराज अधिकारी - बेलायतस्थित नेपालीहरुले २०१२ मा हुन गइरहेको ओलम्पिक खेलमा नेपालको सहभागितालाई लिएर चासो र चिन्ता व्यक्त गरेका छन । नेपालको खेलकुद क्षेत्र राजनीतिक खिचातानीले प्रभावित भएको चिन्ता व्यक्त गर्दै उनीहरुले खेलकुद राजनीतिबाट टाढा रहनुपर्ने धारणा समेत राखे ।


पासा पुचा गुठी युकेले बुधबार साउथइष्ट लण्डनस्थित गोर्खा क्लवमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष ध्रुबबहादुर प्रधानसंगको अन्तक्रियामा सहभागिहरुले यस्तो चासो राखेका हुन । अन्तराष्ट्रिय खेलमा नेपालले खासै उपलब्धि हासिल गर्न नसकेको बताउंदै उनीहरुले ओलम्पिकमा राम्रा खेलाडीहरु छनौट गर्न आग्रह गरे । देशको नाम र इज्जत राख्ने खेलाडीहरु पठाउनुहोस, ‘देशकै बदनाम हुने गरी विदेशमा लुक्ने खेलाडी होइन’, सहभागिहरुले अध्यक्ष प्रधानलाई भने ।


अन्तराट्रिय खेलमा खेलाडीभन्दा आयोजक संस्थाका पदाधिकारी तथा नातागोता धेरै आउने परम्पराको अन्त्य हुनुपर्ने उनीहरुले बताए । देश तथा संस्थाकै ढुकुटी सक्ने गरी आफन्त र आयोजकहरु बिदेशमा आउनु लाजमर्दो हुने उनीहरुको भनाइ थियो ।
सो अवसरमा अध्यक्ष प्रधानले ओलम्पिकमा भाग लिने खेलाडी अब्बल दर्जाको रहेको जानकारी दिए । तपाईहरु ढुक्क हुनुहोस् ‘बेलायतमा लुक्ने मनसाय भएका खेलाडी ओलम्पिकमा आउने छैनन, प्रधानले भने ।’ ओलम्पिकमा नेपाललले तेक्वान्दो, बक्सिङ्ग, सुटिङ्ग र आर्चरी जस्ता आफ्नै खेलहरु छानेकाले केहि उपलब्धि हासील हुनसक्ने उनले बताए । सहभागि हुने खेलाडीहरु विदेशमा तालिम गरीरहेको उल्लेख गर्दै उनले बक्सिङ्गका खेलाडी दिपक महर्जनलाई उच्चस्तरीय तालिमको प्रबन्ध गरीने जानकारी दिए । राजनीतिक अस्थिरताले खेलक्षेत्र फस्टाउन नसकेको स्विकार्दै प्रधानले देशको राजनीति सुध्रिएपछि त्यस्तो नहुने प्रष्ट पारे । उनले भने ‘हामी देशको कानुन भन्दा टाढा रहन सक्दैनौं ।’


विदेशमा पनि यति विघ्न चासो र चिन्ता लिएकामा आफु हर्षित भएको प्रधानले बताए । नेपालमा बस्नेसंग भन्दा तपाईहरुमा देशको मायां धेरै रहेछ, प्रधानले भने तपाईहरुलाई यस्तो चिन्ता हुन दिन्न । एन आर एन संग समन्वय गरेर ओलम्पिकलाई अझ व्यवस्थित बनाउने आफ्नो सोच रहेको जनाउंदै त्यहि अनुरुप उपेन्द्र महतो ओलम्पिकको सदस्य रहेको बताए ।


कार्यक्रममा एन आर एन उपाध्यक्ष महेन्द्र कंडेल, नेपाल फोरम ग्रिनविच युकेका अध्यक्ष राम अधिकारी, पासा पुचा गुठीका अध्यक्ष देवेन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, नेपाली टिभीका सिइओ मोहन गुरुङ, गोर्खा क्लवका सञ्चालक महेन्द्र शाक्य, मनिष श्रेष्ठ, पुर्व गोर्खाहरु, लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]