माओवादी केन्द्रीय सल्लाहाकार सदस्य मियाँ हिरासत चलान


YYY
साउन ३२ पर्सा । पर्सा जिल्ला अदालतले हत्याको अभियोगमा पक्राउ परेका एकीकृत माओवादीका केन्द्रीय सल्लाहकार जालिम मियाँलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

मियाँलाई जानकीटोला–२ निवासी नागेन्द्र केवटको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरी प्रहरीले हिजो पर्सा अदालतमा उपस्थित गराएको थियो ।अदालतले मियाँलाई न्यायिक हिरासत राख्न प्रहरीलाई अनुमित दिएको अदालतले जनाएको छ ।

विसं २०६३ साल होलीकै दिन जानकीटोला–२ निवासी केवटलाई गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा मियाँलाई सोमबार वीरगन्जको माईस्थान चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले जानकारी दिनुभयो ।

अनुसन्धानकै क्रममा प्रहरीले जगरनाथपुर–२ निवासी मियाँको घरमा छापामारी बा ५ च ५७४५ नम्वरको शङ्कास्पद बलेरो गाडीसहित एक जनालाई पक्राउ गरेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]