एनआरएन अमेरिकाको साधारणसभा सेप्टेम्बरमा


YYY


न्यूयोर्क । गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको साधारणसभा आगामी सेप्टेम्बर १७ तारिखमा न्यूयोर्कमा हुने भएको छ ।

परिषदका प्रवक्ता तथा जनसम्पर्क अधिकारी भुवानी गुरूङले प्रेस विज्ञप्ति जारी गरी गत १० अगष्टमा बसेको परिषद् कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन् । एनआरएन अमेरिकाका महासचिव शिवकुमार रार्इको सभापतित्वमा हुने सो सभा ४४-०१ ब्रोडवे, अस्टोरियास्थित चियान फेडरेसनमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म विज्ञप्तिमा उल्लेख छ ।

सभामा गत सालदेखि परिषदमा रिक्त रहेका उपाध्यक्ष पद र एनआरएन अमेरिका तथा क्यानाडाका तर्फबाट क्षेत्रीय संयोजक, क्षेत्रीय उप-संयोजक लगायत एनआरएनको अन्र्तराष्ट्रिय परिषदका लागि राज्य प्रतिनिधिरू चुनिने छन् । बैठकले एटलाण्टा जर्जियाका डा। प्रल्हाद पन्थलार्इ निर्वाचन समितिको अध्यक्ष तोकेको छ भने उपाध्यक्ष डा। विद्या रञ्जित र कार्यकारी समितिका सदस्य दुर्गा सुव्वालार्इ रिसोर्स पर्सन तोकेको छ । निर्वाचन समिति र निर्वाचन कार्याविधिबारे पूर्ण विवरण छिट्टै प्रकाशित गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]