कतारमा सात महिनामा ९७ नेपालीको मृत्यू


YYY
प्रेम स्याङतान तामाङ 
 साउन १८ दोहा।  कतार वैदेशिक रोजगारीको सिलसिलामा दोहामा कार्यरत रहँदा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु विभिन्न समयमा विभिन्न कारणले मृत्यू भएको छ । विशेषगरी हृद्यघात, कार्यस्थल दुर्घटना र आत्माहत्या गरी सात महिनामा सन्त नब्वे जना नेपालहरुको मृत्यू भएको जानकारी नेपाली नियोगले दिएका छन्  । देशमा राजनैतिक, आर्थिक र समाजिक अस्थिरताका कारणले गर्दा रोजगारीको वातावारण सृजना नभएपछि नेपाली यूवाहरु दिनदिनै विदेशीने क्रम बढी रहेका छ । 

आर्थिक अवस्था अलिकति राम्रो हुने खाने र शिक्षित यूवा यूवतिहरु यूरोपतिर लागेका छन् भने अशिक्षित र गरीव यूवाहरु यूवतिहरुको गन्तब्य स्थल बनेका छन मध्यपूर्वका खाडी देशहरु जहाँ नेपालीहरुको लागि हावानी, मोटरवाटो, खानापिन, र सामाजिक संस्कारहरु विपरित पाईन्छ । चिसो मौसम र स्वाच्छ हावापानीमा हुर्केका नेपालीहरु एक्कासी चर्को घामको काम र मुटुलाई चाहिने मात्रामा हावाको कमीले गर्दा बर्षेनी नेपालीहरुको हृदयघातवाट धेरै नेपालीहरुको मृत्यू हुने गरेका छन् ।

आफ्नो परिवार प्रतिको दायित्व र सपनाहरु संगालेर विदेश आएका नेपाली कामदार यूवाहरुको यस प्रकारको मृत्यूले साह्रैनै दुःखदयि अवस्थाको सृजना गरिएको छ । जनवरी देखि जुलाई महिनाको अन्तिम सम्ममा सात महिनाको अन्तरालमा ९७ जना नेपालीको मृत्यू भएको छ ।  जसमा तीनजनाले आत्माहत्या गरिएको छन् । मृत्यू हुने नेपाली कामदारहरु निम्नानुसार छन् ।

तेज वहादुर राई, ओम वहादुर गुरुङ्ग,  अरशद मियाँ, राजेश्वर चौधरी थारु, नगेन्द्र इवा, रमेश विशन खे सार्की, खिम वहादुर खवास,चिउसे कामी, खड्ग वहादुर गुरुङ्ग, कविराज राई, विक्रम प्रसाद श्रेष्ठ, (झुण्डीएर आत्माहत्या) पोषण कपैर, गंगा राम कवार, बसन्त कवार, हरी खत्री, गुडु राई, राज कुमार राई, केशरी लाल हरिजान, कान्छो ना.को., कर्ण वहादुर पान्दक लिम्वु, गौर वहादुर राना मगर, झलक वहादुर आले,शुक्र राज लिम्वु, टक वहादुर माकिम,कुल वहादुर चौहान, तेजेन्द्र राना मगर, तथा वहादुर वुढाथोकी, वेन वहादुर गुरुङ्ग, प्रेम वहादुर घर्ति मगर, ठूलो कान्छा गुरुङ्ग, नान विर कामी, चुर्ण वहादुर थारु, रन्जित कुमार मुखिया, बसन्त लोडह, विरेन्द्र कुमार मण्डल, पावन दास ताटम, हर्क मणि राई, लाक्षी कुमार राई, भक्त वहादुर थापा, लोक वहादुर ठकुरी, उदे वि.क, रुद्र वहादुर सिंह मगर, नन्द प्रसाद राई, साजिद हुसेन, भोला अधिकारी, भरत तिमिल्सिना,  राम्वे पुर्जा मगर, जुगल साहानी मलाह, सुरेन्द्र तामाङ गोम्देन, शुभ लाल थापा रहेका छन् ।


त्यसैगरी, टंक वहादुर श्रेष्ठ, मोहन विक्रम विष्ट, मनोज कुमार राना, हविव मुसालमान्, शिव प्रसाद थामसुङ्ग, कृष्ण कामी, सुमन गुरुङ्ग, मनिष राई, शिव कुमार प्रधान, लक्ष्मी प्रसाद खतिवडा, ईश्वर कुमार चौधरी, उत्तम कुमार लिम्वु, भिम वहादुर थापा मगर, धनजित राई, श्रीराम भूजेल, भुवन वहादुर पारकोटी, रन्जित कुमार ठाकुर,  छोटेनन्द कहार, (झुण्डीएर आत्माहत्या ) तरजन रोक्क मगर, यर महमद मियाँ, डिग वहादुर कार्की, सन्तोष कुमार ठाकुर, गोपाल जंग शाह,  राम प्रसाद पौडेल, रमेश कुमार, विक्रम वहादुर सुनार वि.क, अनिल श्रेष्ठ, जिवन राई, लख वहादुर राई, अश वहादुर सार्की, साकिर मियाँ, जिवाछ साह, मान वहादुर पुन, चेत वहादुर घर्ति मगर, राम प्रसाद लिम्वु, मोहन प्रसादलिम्वु,रवि प्रसाद वराल, यम वहादुर अधिकारी, लगन विश्वकार्मा,लेख वहादुर तामाङ, (झुण्डीएर आत्माहत्या )दुर्गा प्रसाद भुर्तेल, गंगा वहादुर मगर, टंक वहादुर लिम्वु, जय वहादुर राई, विनाय महत्तो, राज वहादुर थेवे, मोहमद रहिम रहेका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]