इजिप्टले इजरायलबाट राजदूत फिर्ता बोलायो


YYY
४ भदौ एजेन्सी । इजिप्ट सरकारले इजरायलस्थित आफ्नो राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । इजिप्टले सीमावर्ती क्षेत्रमा इजरायली हमलामा आफ्ना सुरक्षाकर्मीको मृत्यु भएको विरोधमा त्यसको निष्पक्ष अनुसन्धान र घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी लिन इजरायलाई आग्रह समेत गरेको छ । सीमावर्ती क्ष्ँेत्रमा भएको झडपको बिरोधमा राजधानी कायरोमा प्रदर्शन चर्कदै गएका बेला इजिप्टको पछिल्लो घोषणा आएको हो ।

इजिप्टमा प्रदर्शनकारीले इजरायली दूतावासमा समेत तोडफोडको प्रयास गरेका थिए । उनीहरुले हाल सत्ता समालिरहेको सैन्य परिषदसंग इजरायललाई दिदै आएको पेट्रोलियम रोक्न समेत माग गरेका छन् । इजिप्टमा इजरायल विराधी प्रदर्शन चर्केपछि राजधानी कायरोस्थित इजरायली दूतावास क्षत्रमा सुरक्षा व्यबस्था कडा पारिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]