मनोज गजुरेल र कोमल ओलिको जोडदार प्रस्तुती लिस्बनमा


YYY
निर्दोष के सी
 साउन १८ लिस्बन।बरिष्ठ हास्यब्यङ्ग्यकार मनोज गजुरेल तथा चर्चित लोकदोहोरी तथा तीज गीत गायीका कोमल ओलीको जोड्दार प्रस्तुती रहने रमाइलो साझ कार्यक्रम यही अगष्त ४ तारिख बिहिबार दिनको ३.३० देखि ७.०० बजेसम्म लिस्बनको इस्तेफानिया स्थित अडिटोरियम कामोइसमा आयोजना हुने भएको छ। पोर्चुगलवासी नेपालीहरुलाइ पर्ने आकस्मिक घटनाहरुमा राहत र सहयोग पुर्याउन स्थापना गरीने अक्षय कोषको सहयोगार्थ आयोजना गरीने उक्त मनोरन्जनात्मक कार्यक्रमको आयोजकमा पोर्चुगल नेपाल मैत्री संघ, गैर आवाशिय नेपाली संघ, पोचुगल र कला संस्कृती तथा साहित्य संचार परिषद रहेका छन।

उक्त कार्यक्रमलाइ ब्यबस्थित रुपमा संचालन गर्न पोर्चुगल नेपाल मैत्री संघका अध्यक्ष तथा एनआरएन  अन्तरराष्ट्रीय समन्वय परीषद सदश्य मकर हमालको संयोजकत्वमा रमेश गुरुङ्ग, कुमार श्रेष्ठ, डिलाराम चापागाई, नबिन गौतम, राम बहादुर गौचन, बिनोद घिमिरे, भीम के सी कमल र झलक के सी सदश्य रहेको कार्यक्रम मुल ब्यबस्थापन समिति गठन भएको छ। साथै साँस्कृतिक कार्यक्रम संयोजकमा भीम के सी कमल तथा कलाकार एबम कार्यक्रम ब्यबस्थापनमा झलक के सीलाई जिम्मेवारी दिइएको छ।

कार्यक्रमबाट बचत हुन आउने रकम आकस्मिक राहत कोष स्थापनार्थ  सहयोग प्रदान गरीने जानकारी गराउदै कार्यक्रमलाई प्रायोजन गरेर सहयोग पुर्याउन पोर्चुगल स्थित ब्यबशायी, संघसस्थाहरु तथा सहयोगी ब्यक्तीहरुलाई मुल ब्यबस्थापन समितिको तर्फबाट मकर हमालले आग्रह गर्नु भएको छ।

कार्यक्रमको प्रमुख प्रायोजक दस्तुर २५० युरो, प्रायोजक दस्तुर २०० युरो र सहप्रायोजक दस्तुर १०० युरो, साधारण टिकट १० युरो र भिआइपी टिकट दस्तुर ३० युरो रहेको जानकारी दिदै कार्यक्रम ब्यबस्थापक झलक के सीले प्रायोजक संख्या १५ र टिकट संख्या जम्मा ३०० सिटमा सिमित भएकोले अग्रीम बुकिङ गरी आफ्नो सीट सुरक्षित गर्न आग्रह गर्नु भएको छ।

कार्यक्रमको प्रचारप्रसारमा सहयोग गर्न सहारासंसार डट कम, नेपालपोर्चुगल डट कम, पिटीनेपाल डट कम, सहयात्रा डट कम,  नमस्तेयुरोप डट कम तथा युरोपको नेपालीपत्रलाई मेडिया पार्टनरको जिम्मेवारी दिइएको उक्त कार्यक्रमलाई सहारासंसार लगायत केही मेडियाहरुले प्रतक्ष्य प्रशारण गर्ने जानकारी साँस्कृतिक कार्यक्रम संयोजक भीम के सी कमलले दिनु भएको छ।

नेपाली नारीहरुको महान  चाड तीजको पुर्बसन्ध्यामा पोइल जान पाम लगायत अत्यन्त चर्चित तीज गीतकी गायिका कोमल ओलीको बिशेष तीज प्रस्तुति हेर्नको लागि पोर्चुगलवासी नेपाली दिदिबहिनिहरु आतुर रहेकाको सन्दर्भ तथा प्रवासी नेपालीहरु माझ सर्बाधिक लोकप्रिय हास्यव्यंग्यकलाकार  मनोज गजुरेलको प्रहसन पोर्चुगलमा पहिलो पटक आयोजना हुन गैरहेकोले उक्त रमाइलो साँझ सबैको आकर्षणको केन्द्र बिन्दुमा रहेको छ ।

टिकटको निमित्त आयोजक संस्थाका पदाधिकारीहरु, लिस्बन पत्रीका पसल रोसियो, शेर्पा मम,  सुमन साइबर, दर्शन नेपाल सुपरमार्केट, नेपाली भान्छा मार्तिम मोनिज तथा मुल ब्यबस्थापन समितिका सदश्यहरुसंग सम्पर्क गर्न अनुरोध गरिएको छ ।




भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]