एमाले कार्यकर्ता फिरौती बुझाएर अपहरण मुक्त


YYY
२६ भदौ, बारा । अज्ञात समूहद्वारा अपहरित बाराका एमाले कार्यकर्ता टेकनाथ पौडेल अपहरणकारीले मागेजति फिरौती रकम बुझाएर अपहरण मुक्त भएका छन् ।

बारा प्रहरीले पौडेल परिवारले १० लाख रुपैयाँ फिरौती तिरेर उनलाई गएराति निजगढ नजिकैबाट मुक्त गराएको जनाएको छ । स्रोतका अनुसार परिवारका सदस्यले अपहरणकारीले भने बमोजिम निजगढ प्रहरी चौकी नजिकै रहेको चौतारोमा राति १० लाख रुपैयाँ लगेर राखिदिएपछि पौडेल मुक्त भएका हुन् । पौडेल राति नै परिवारको सम्पर्कमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पौडेललाई अज्ञात समूहले बाराको तामागढी जंगल क्षेत्राट शनिबार अपहरण गरी लगेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]