साउदी अरेवियामा ४ हजार भन्दा बढी नेपालीको मृत्यु, ८० भन्दा बढी लास नेपाल पठाउन बाँकी


YYY
सागर श्रेष्ठ - साउदी अरेबियामा कुटनितिक नियोग स्थापना भए देखी अहिले सम्म ४ हजार भन्दा बढी नेपालीहरुको विभिन्न कारणबस मृत्यु भएको खुलासा भएको छ । साउदी अरेवियाका लागी उपनियोग प्रमुख श्री हरिशचन्द्र घिमिरे ज्युले पिएनएन अनलाईन रेडियोमा अन्तरवार्ता दिने क्रममा उक्त खुलासा गरेका हुन् ।

गल्फ देशहरु मध्ये साउदी अरेबिया बैदेशीक रोजगारीको लागी सबै भन्दा सस्तो र धेरै नेपालीहरु जाने देश मानिन्छ । यहाँ ५० हजार भन्दा बढी महिलाहरु हाउस मेडको लागी विभिन्न बाटो भएर आएको अनुमान गर्न सकिन्छ भने ६ लाख भन्दा बढी नेपालीहरु रहेको अनुमान गर्न सकिन्छ र ७० हजार भन्दा बढी नेपालीहरु कम्पनी छाडेर ईलीगल रुपमा काम गरि बसेको अनुमान गर्न सकिन्छ ।

अन्तरवार्ताको क्रममा घिमिरेले विगतमा दुताबासबाट केही गल्तीहरु भएकोले आउँदो दिनहरुमा उक्त गल्ती नदोहोर्‍याउने प्रतिबद्वता समेत व्यक्त गरेका थिए । अहिले साउदी अरेवियाको विभिन्न हस्पीटलहरुमा ८०-९० को हाराहारीमा विभिन्न दुर्घटनामा परि मृत्यु भएका नेपालीहरुको लास नेपाल पठाउन बाँकी रहेको उनले जानकारी दिए । नेपालीको लास नेपाल पठाउनलाई साउदी अरेवियाबाट त्यत्ति सहज नभएकोले बढीमा ८ महिनासम्म लागेको समेत उनले स्विकार गरे ।

अहिले साउदी अरेवियाको झेलखानमा कति नेपालीहरु छन् भनेर उनले एकिन गर्न नसकिएको बताउँदै स्पष्ट रुपमा साउदी अरेवियाको झेलखानामा गएर तथ्यांङ्कहरु लिने नगरेको समेत स्वीकार गरेका थिए । उनका अनुसार दुताबासमा कर्मचारीहरुको नपुग भएकैले यो समस्या आएकोले अब तालिका बनाएर झेलखानामा गएर नेपालीहरुको तथ्यांङ्क बटुल्ने जानकारी दिएका थिए । अब हेर्नुछ उनको प्रतिबद्वता ।

त्यसै गरी साउदी अरेवियाको लागी नव नियुक्त राजदुत उदयराज पाण्डे ज्यूले एक सांस्कृतिक कार्यक्रममा सार्वजनिक रुपमा साउदी अरेवियाको नेपालीहरुको समस्या समाधान गर्न आफु दिन रात खटिने विगतमा दुताबासबाट भएका गल्तीहरु दोहोरिन नदिने, नेपालमा साउदी अरेवियाको दुताबास खोल्न प्रयास गर्ने र कोहि नेपालीहरुलाई कुनै पनि समस्या परेमा २४ घण्टा आफु सहयोग गर्न तत्पर रहेको, जुनसुकै बेलापनि सम्पर्क गर्न सकिने भन्दै आफ्नो मोबाईल नं ०५५ ६०६ ६६८३ सार्वजनिक गरे । उक्त कार्यक्रममा बोल्दै उनले भने कुनै पनि नेपाली दाजुभाइ दिदीबहिनीहरु पैसा बढी पाउने प्रलोभनमा परी कम्पनी छोडेर इलिगल नहुन समेत अनुरोध गरेका थिए । उनको यो उदारपनले गर्दा अब आपत विपतमा परेको नेपालीहरुले कुनैपनि समस्या सजिलै समाधान गर्न सकिने देखिन्छ त्यो हेर्न भावि दिनहरु पर्खर्नु पर्नेछ ।



उनका अनुसार छिट्टै नै सम्पुर्ण कर्मचारीहरुको सम्पर्क नं दुताबासको वेब साईटमा राख्ने तथा उत्तरमेसीन सहित टेलीफोन पनि दुताबासमा जडान गर्ने जानकारी दिएका थिए । उनलाई हाम्रो बधाई छ विगतमा दुताबासमा लागेको कालो धब्बा हटाउन सकुन्, पुर्ण सफल कार्यकालको कामना गर्दछौं ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]