विशेषद्धारा सुडान प्रकरणमा खर्च विवरण माग


YYY
२८ भदौ, काठमाडौं । विशेष अदालतले सुडानको डार्फरमा खटिएका प्रहरीका लागि सामग्री खरिद गर्दा भएको भ्रष्टाचारको मुद्दामा मुछिएका व्यक्ति र प्रहरी कल्याण कोषबाट गरिएको खर्च निकासाका सम्बन्धमा बुझ्न आदेश जारी गरेको छ ।

अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बुधबार प्रहरी प्रधान कार्यालयको नाममा यस्तो आदेश जारी गरेको हो ।

आदेशमा बकपत्रका लागि आरोपित व्यक्तिका साक्षी झिकाउन र कोषबाट निकासा गरिएका रकममध्ये कुन-कुन शीर्षकमा के कति रकम खर्च गरिएको र संयुक्त राष्ट्र संघबाट सो रकमको सोधभर्ना भए-नभएको बारे लेखी पठाउन भनिएको छ ।

मुद्दामा तीन पूर्वप्रहरी महानिरीक्षक सहित ३४ प्रहरी अधिकारी तथा उक्त सामान खरिद गर्ने बेलायती ठेकेदार माइकल राइडर र उनका नेपाल प्रतिनिधि भगवती ट्र्ेडर्सका प्रोपाइटर शम्भु भारती संलग्न रहेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]