देउघाटमा 'मिसन टु हेल्प नेपाल'


YYY
धर्मराज अधिकारी , सेप्टेम्बर २५ आइतबार, रेडिङ ।

समाज सेवामा समर्पित च्यारीटी संस्था 'मिसन टु हेल्प नेपाल'ले नेपालको देउघाटस्थित रोटरी करुणालयमा रहेका बृद्धबृद्धाहरुलाई सहयोग गर्न च्यारीटि डिनरको आयोजना गर्‍यो । म्ाानवता नै धर्म हो भन्ने समाजसेवी भावनाले ओतप्रोत च्यारीटि संस्थाले बृद्ध बृद्धाहरुको लागि व्हिल चियर र सो गुड्ने बाटो निर्माण गर्ने जमर्को गरेको छ । सो च्यारीट कार्यक्रम बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालीसेको प्रमुख आतिथ्य र एन आर एन अध्यक्ष कुल आचार्य विशेष अतिथ्यमा सम्पन्न भएको थियो ।

रेडिङस्थित बेयरहाउसमा आइतबार भएको कार्यक्रममा 'मिसन टु हेल्प नेपाल' का तर्फबाट एन आर एन युकेका नयां पाधिकारीहरुलाई राजदुत डा चालीसेले सम्मान गरेका थिए । सो अवसरमा समाजसेवी टुका क्षेत्री, एन आर एन निवर्तमान अध्यक्ष सुर्य गुरुङ, डम्मर घले, नेपाल टिभीका सिइओ मोहन गुरुङ, डाइरेक्टर पशुपति भण्डारी, एन आर एन नवनिर्वाचित पदाधिकारीहरु लगायतको करीब २ सय भन्दा बढिको सहभागिता रहेको रहेको थियो ।

संस्थाकी अध्यक्ष बबी लामाका अनुसार उनीहरुले नेपालका ठुला व्यापारी घरानाको संलग्नतामा नेपालमा पनि यस्तै प्रकारको च्यारीटि डिनर आयोजन गर्नेछन । यसबाट उठेको रकम पुण्य कामका लागि खर्च हुनेछ । स्थापनाकालदेखि नै संस्थामा लागेकी प्रतिभा शाहीले च्यारीटी कार्यक्रममा धेरै समाजसेवीहरुको सहयोग रहेको बताइन । शाहीले च्यारीटिका लागि प्रसस्तै सहयोग प्राप्त भएपनि समाजसेवाको काममा त्यो 'इनफ' नभएकोले नेपालमा पनि च्यारीटि गर्ने बताइन ।

कार्यक्रममा नेपालबाट आएका गायक दिपेश किशोर भट्टराई र शर्मिला बर्देवाले उपस्थितहरुलाई गित गाएर मनोरञ्जन दिएका थिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]