माओवादी स्थायी समितिमा चर्काचर्कि


YYY

कारवाही गर्नुपर्ने प्रचण्ड-भट्टराई पक्षको माग




१७ भदौ, काठमाडौं । हतियारको साँचो बुझाएको विषयमा एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठकमा दुवै पक्षवीच चर्काचर्की भएको छ । सो निर्णयको पक्ष र बिपक्षमा बाँडिएका स्थायी समिति सदस्यले एकअर्कालाई आरोप लगाउँदै कारवाहीको माग गरेका छन् । आफ्नै नेतृत्वको सरकारविरुद्ध चक्काजाम र मसाल जुलुस प्रर्दशन तथा गाउँसम्म भित्तेलेखनसहित भण्डाफोर अभियान चलाएको भन्दै प्रचण्ड र बाबुरामपक्षका नेताहरुले वैद्य पक्षलाई कारवाही गर्नुपर्ने माग गरे । पार्टीको निर्णय सहमति भइसकेको बिषयमा आफ्नै सरकारविरुद्ध सडकमा नारावाजी गरेर अनुशासन उंलघन गरेको भन्दै संस्थापन पक्षले उनीहरुलाई कारवाही गर्नुपर्ने माग गर्‍यो ।

मोहन वैद्यसहित उनी पक्षका नेताहरु सीपी गजुरेल, देव गुरुङ र नेत्रबिक्रम चन्द विप्लवले भने नेतृत्वले बिना छलफल र सहमति साँचो हस्तान्तरण गरेर जनसेना बिघटन गर्ने तथा प्रतिक्रान्तिको मतियार बन्ने काम गरेको आरोप लगाएका थिए । समायोजनको संख्या, मापदण्ड, पुनःस्थापना प्याकेज लगायतका विषयमा सहमति नभई कन्टेनरको साँचो बुझाउनु पार्टी निर्णय विपरित भएको भन्दै सच्याउन माग गरे । साथै उनीहरुले केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् ।




’त्यसो भए तपाईहरुले स्पष्ट कुरा राख्नुस’ संस्थापन पक्षका नेताको प्रश्न थियो- ‘कि पार्टी पद्दतिअनुसार निर्णय भएको कुरा मान्नुस हैन भने शान्ति प्रकृया नै ठिक थिएन भनेर जनयुद्धमा फर्किने हिम्मत गर्नुस ।’ स्पष्ट विचार र दृष्टिकोण विना नेतृत्वलाई असफल पार्ने योजनाअनुसार नाराबाजी गरेर जग हँसाएको भन्दै संस्थापन पक्षले अनुशासन नमान्नेलाई कारवाही गर्नुपर्ने माग गरे ।

संस्थापनविरुद्ध खनिने योजनासहित आएका वैद्य पक्षका नेताहरु संस्थापन पक्ष झन चर्केसँग पेश भएपछि केही मत्थर भएका थिए । शुक्रबारको स्थायी समिति वैठकमा सहभागी नभएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा भने सन्तुलित तरिकाले बोलेको वैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए । बिहान प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गरेका थापा र श्रेष्ठ सन्तुलित तरिकाले पेश भएपछि वैद्य पक्षमा बोल्ने अन्य तीन जनाको स्वर मधुरो भएको थियो ।

‘शान्ति प्रकृयाप्रति प्रतिबद्ध छौं पनि भन्ने तर पहिले नै सहमति गरिसकेको कुरा पुरा गर्दा पनि भाँजो हाल्ने’ भन्दै संस्थापन पक्षले तत्काल सच्चिएर शान्ति र संबिधानलाई आत्मसात गर्न वैद्य पक्षलाई आग्रह गरेको थियो । संस्थापन पक्षका कतिपय नेताहरुले राम्रा मन्त्रालय नपाएपछि वैद्य पक्षले साँचोको बहाना झिकेर झुटो बार्गेनिङ गरेको आरोप लगाएका थिए ।

संस्थापन पक्षले वैद्य पक्षलाई आफ्नो कमजोरी स्वीकार्दै भोलीको वैठकमा आत्मालोचना गर्न वा कारवाही भोग्न चेतावनी दिएको छ । पार्टी नेतृत्वविरुद्ध गाउँसम्म भित्तेलेखन गर्ने र नाराजुलुस गर्ने काम नरोके कडा कदम चालेरै भएपनि शान्ति र संबिधानलाई तार्किक निष्र्कषमा पुर्‍याउने संस्थापन पक्षले अडान लिएको छ ।

प्रवक्ता दीनानाथ शर्माका अनुसार आइतवार बिहान पदाधिकारी वैठक वसेपछि अपरान्ह १ बजे वस्ने स्थायी समितिको वैठकले जारी बिबादबारे निर्णय गर्ने छ । वैठकमा १६ जना स्थायी समिति सदस्यले बोल्ने क्रम सकिएको छ । वैठक करिव ६ घण्टा चलेको थियो । ‘उहाँहरु सच्चिएर र शान्ति प्रकृयालाई आत्मसात गरेर नआएसम्म समस्या समाधान हुँदैन’- शर्माले भन्नुभयो-’आत्मालोचना नगरे कडा कदम चालेर भएपनि शान्ति र संविधानमा अघि बढिन्छ ।’

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]