सडक मर्मत संभारको माग राख्दै धादिङबेँसीमा यातायात बन्द


YYY
धादिङ, असोज ६- ग्रामीण सडकको मर्मतसम्भार नगरिँदा यातायात सेवा सञ्चालन गर्न कठिनाइ भएको भन्दै जिविसबाट तत्काल सडकको मर्मत गर्नुपर्ने मागसहित धादिङ यातायात व्यवसायी सङ्घले धादिङबेँसीको यातायात बन्द गरेका छन्।


धादिङबेँसी पुलबजारमा मुश्किलले मोटरसाइकलमात्र जाने गरी २० वटा बस तेर्साई चक्काजाम गराएकाले धादिङबेँसीबाट सञ्चालन हुने सबै यातायातको साधन ठप्प हुन गएको छ।

अनिश्चितकालका लागि यातायात बन्द गराइएको धादिङ यातायात व्यवसायी सङ्घको भनाइ छ। बन्दका कारण कालु पाण्डे मार्ग र उत्तरी धादिङका लागि सञ्चालन हुने सबै सेवा बन्द भएको छ।

जिविसले ग्रामीण सडकका लागि ठेक्का बन्दोबस्त गरी सवारी कर लिने गरेको र साउन भदौ दुई महिना सवारीसाधनमा रोक लगाई भदौभित्रै कच्चीबाटोको मर्मत सम्भार गरी असोज १ गतेदेखि बाटो खोल्ने गरेकामा यस वर्ष समयमै मर्मत नगरिएकाले यातायात सञ्चालन नसकिएको व्यवसायीको भनाइ छ। रासस

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]