जर्मनीमा तीनहप्ते थान्का प्रदर्शनी हुने


YYY
जर्मनी - कास्ट्रोप-राउक्सेल सहरको वार्षिक कार्यक्रम अन्तरराष्ट्रिय सप्ताह अन्तर्गत नमस्ते रेस्टुरेन्टको सभाकक्षमा सेप्टेम्बर २८ मा तीनहप्ते थान्का प्रदर्शनी शुरु हुँदैछ । प्रदर्शनीको उद्घाटन कास्ट्रोप-राउक्सेल सहरका नगरप्रमुख जोहानेस बाइजेन्हेर्जले गर्नेछन् ।


रेस्टुरेन्ट स्थापनाको अर्ध-वार्षिकीको अवसरमा सञ्चालन हुने थान्का प्रदर्शनीबाट हुने आय गत वर्ष स्थापित दिपेन्द्र-गीता शिक्षा कोषको छात्रवृत्ति कार्यक्रमको लागि लगानी गरिने सञ्चालक प्रकाश शर्माले बताए । कोषले चितवनका विभिन्न ६ सामुदायिक विद्यालयका ३८ जना विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग गरिरहेको छ ।



जर्मनीको नर्थ राइन वेस्टफालेन क्षेत्रका नेपाल र नेपाली कलाकृतिप्रति आस्था भएका करिव एक हजार जर्मन नागरिक र स्थानीय क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको प्रबन्धक दिपेन्द्र सुवेदीले जनाए । दिपेन्द्र-गीता शिक्षा कोषको स्थापनाको वार्षिकी समारोह संगसंगै ११ अक्टोबर २०११ मा औपचारिक रुपमा प्रदर्शनी सम्पन्न हुनेछ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]