सरकारले भोलि राहत कार्यक्रम घोषणा गर्ने


YYY
२२ भदौ, काठमाडौं । सरकारले भोलि शुक्रबार जनतालाई विभिन्न क्षेत्रमा राहत दिने कार्यक्रम घोषणा गर्ने भएको छ ।

सिंहदरवारमा विहान ९ बजे पत्रकार सम्मेलन गरी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राहत कार्यक्रम सार्वजनिक हुनेछ । कृषिमन्त्री नन्दनकुमार दत्तले भन्नुभयो-’राहत कार्यक्रम ल्याउने सैद्धान्तिक सहमति भइसकेको छ । भोलि प्रधानमन्त्रीले घोषणा गर्नुहुन्छ ।’

प्रधानमन्त्री भट्टराईले बिहीबार नै राहत कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेपनि मन्त्रिपरिषद्को बैठकमा प्रमुख सत्तारुढ घटक मधेसवादी दलका मन्त्रीहरुले असहमति जनाएपछि स्थगित भएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राहत कार्यक्रमलाई अन्तिम रुप दिन अर्थमन्त्री वर्षमान पुन अनन्त, उर्जामन्त्री पोष्टबहादुर बोगटी, भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी र स्वास्थ्यमन्त्री राजेन्द्र महतो सहभागी कार्यदल गठन गरेको छ । कार्यदलले तयार पारेको राहत कार्यक्रमलाई शुक्रबार घोषणा गर्नु हुनेछ । कृषिमन्त्री दत्तले सचिवहरुले तयार पारेको राहत कार्यक्रम नीति तथा कार्यक्रम जस्तो भएकाले त्यसलाई संशोधन गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।

श्रोतका अनुसार राहत कार्यक्रममा दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्ति तथा सलभ मूल्य, कृषकहरुका लागि मल तथा विउको सहज आपूर्ति तथा सलभ मूल्य, शान्ति सुुरक्षा लगायतका विषय समेटिने छ । सरकारले चालू आर्थिक वर्षको कुल बजेटकेा १० प्रतिशत नकट्ने गरी जनतालाई विभिन्न क्षेत्रमा राहत दिने कार्यक्रम बनाएको छ ।

डा. भट्टराईले प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै आम जनताले परिवर्तनको महशुस गर्ने गरी सरकारले राहत कार्यक्रम ल्याउने घोषणा गर्नुभएको थियो । १२ भदौमा सथप लिएगत्तै प्रधामनमन्त्रीले विभिन्न मन्त्रालयका सचिवहरुलाई बोलाएर राहतसम्बन्धी योजना बनाएर प्रधानमन्त्री कार्यालयमा बुझाउन निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले राहत कार्यक्रमबारे यसअघि सरकारका मन्त्री, पूर्वप्रधानमन्त्रीहरु, प्रमुख राजनीतिक दलका नेता,सुरक्षा अङ्गका प्रमुख र पूर्वमुख्यसचिवहरुसँग छुट्टाछुट्टै भेटघाट गरी जनतालाई केसरी राहत दिन सकिन्छ भन्नेबारे सुझाव लिनुभएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले राति अवेरसम्म समय लगाएर राहत प्याकेजलाई अन्तिम रुप दिनुभएको थियो । प्रधानमन्त्री कार्यालयले राहत प्याकेजमा केकस्ता विषय समेटिएका छन् भन्नेबारे केही बताएको छैन ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]