भट्टराईका लागि अन्तिम अबसरः खनाल


YYY

२४ भदौ, भक्तपुर । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शान्ति र संविधान निर्माणमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई महत्वपूर्ण र अन्तिम अवसर भएको बताउनु भएको छ ।
भक्तपुरको मध्यपुरथिमी स्थित शंखधर पार्टी प्यालेसमा शनिबार नेपाल लोकतान्त्रिक नेवाः संघको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै खनालले शान्ति प्रक्रियालाई पुरा गर्ने र संविधान निर्माणको अभिभारा पुरा गर्ने यो अवसर गुमाउन नहुने बताउनुभयो ।
लडाकूको हतियार भण्डारण गरिएको कन्टेनरको साँचो बुझाउनु ठूलो नभएको भन्दै उहँले सेना समायोजनको मापदण्ड, संख्या, पुर्नस्थापना प्याजेकमा सहमति हुन बाँकी रहेको बताउनु भयो । आफ्नो नेतृत्वको सरकारले शान्ति प्रक्रिया अघि बढाउन खोल्दा माओवादीले असहयोग गरेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले अब आफ्नो नेतृत्वको सरकार बनेकाले माओवादीले शान्ति प्रक्रिया अघि बढाउनु पर्ने बताउनु भयो ।
उहाँले शान्ति र संविधानबारे सबैलाई मान्य हुने प्रस्ताव ल्याउन माओवादीलाई आग्रह गर्नुभयो । शान्ति र संविधानलाई पुरा गर्न सबैले अर्जुन दृष्टि बनाउनुपर्ने बताउँदै एमाले अध्यक्ष खनालले भन्नुभयो-’सबैले झलनाथ खनालको अर्जुनदृष्टि भन्छन् तर शान्ति र संविधान पुरा गर्ने हो भने सबैले अर्जुन दृष्टि बनाउनु आबश्यक छ ।’
परिवर्तनकारी र यथास्थितिवादी बिच प्रतिस्पर्धा भईरहेको भन्दै खनालले यो प्रतिस्पर्धामा परिवर्तनकारीले जितेमा समाज अग्रगतिमा जाने र हारे मुलुक भड्खालेमा पर्ने चर्चा गर्नुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]