पेस्तोलसहित तीन पक्राउ


YYY
लालप्रसाद शर्मा,

पोखरा, भाद्र २७ - पोखरामा प्रहरीले पेस्तोल, म्याग्जिन तथा गोलीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको दाङसिङ घर भै पोखरा १६ दिपमा बस्ने विष्णु गुरुङसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई सोमबार समातेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जनाएको हो । गुरुङलार्य पोखराको बगरबाट हतियारसहित पक्रिएको थियो । पछि विष्णुको बयानका आधारमा रानीपौवाका सुनील गुरुङ र अनिकोट- ९ काभ्रे घर भै हाल पोखरा एयरपोर्टमा बस्ने गणेश लामालाई पनि पक्राउ गरिएको थियो ।

बरामद अटो नाइन एमएम आइए नम्बर १६३१९३६१ लेखिएको पेष्तोल केही समय अघि सशस्त्र प्रहरी महाविद्यालय, लामपाटनबाट लगेको प्रमाणित भएको प्रहरीले जनाएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]