शैक्षिक स्तर सुधार्न शिक्षकहरु पेशाप्रति इमान्दारीपुर्वक लाग्न आग्रह


YYY
बन्दना पौडेल÷भदौ २०, मकवानपुर पालुङ सरकारी विद्यालयको शैक्षिक स्तर सुर्धारनको लागी सवै सरकारी विद्यालयका शिक्षकहरु लगनशिल, इमान्दारिता भएर आफ्नो पेशाप्रति लाग्नु पर्ने मकवानपुर जिल्ला शिक्षा अधिकारी चुडामणी पौडेलले एक कार्यक्रममा बताउनु भएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एस.एस आर.पि) अन्र्तगत विद्यमान शिक्षा ऐन नियमको प्रबोधिकरण सम्बन्धी प्रधानाध्यापकहरुको ३ दिने कार्याशाला गोष्ठीको समापन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

सरकारी विद्यालयको खस्कदो शैक्षिक स्थिति, शिक्षकहरुको लापरबाहिका कारण विद्यार्थीहरुले विचैमा विद्यालय छोड्ने समस्या मकवानपुरको मात्रै नभई यो देशको नै समस्या हो, उहाँले भन्नु भयो, यसको सुधारका निम्ती हामी सवै निरन्तर भएर लाग्नु पर्नेमा पनि उहाँले जोड दिनु भयो । कार्यक्रमको अवसरमा जिल्ला शिक्षा कार्यालयका उपसचिव हेमा शर्मा पौडेलले सरकारी विद्यालयमा शिक्षाको गुणस्तर हिनताको कारण अभिभावकहरुले आफ्नो विश्वास गुमाएको समेत बताउनु भयो । यदि सवै शिक्षकहरुले यो कुरालाई मननै गर्दै यस प्रति केन्द्रित रही आफ्नो पेशाप्रति इमान्दारी, वफादारी र जिम्मेवारी पुर्ण ढंगबाट काम नगरे ठूलो दुर्घटना समेत हुन सक्ने उहाँले बताउनु भयो । शिक्षकहरुमा सकारात्मक सोच, अनुशासित र समुदायको ठूलो भुमिका रहेको कारण समुदायकोे साथ लिएर खस्क्दो शैक्षिक स्तरलाई सुर्धान अगाडि वढ्न समेत उहाँले आग्रह गर्नु भएको छ ।

शिक्षक पेशा अत्यन्त संवेदनशील पेशा भएको कारण यसलाई बढि भन्दा बढि महत्व दिएर शैक्षिक स्थितिलाई सुधार्नको निम्ति जिल्ला शिक्षा कार्यालयले बेला–बेलामा कडाइका साथ अनुगमन गर्न जनकल्याण उच्च माविका प्राचार्य तथा स्रोत केन्द्र संयोजक सानोभाइ कार्कीले अनुरोध गर्नु भएको छ । तालिममा उत्तरी क्षेत्रका ३ वटा स्रोत केन्द अन्र्तगत २५ जना प्र.अहरुको सहभागिता रहेको थियो । शिक्षा ऐन नियम सम्बन्धी ज्ञान र सुसुचित हुने अधिकार सवैमा होस भनी कार्यक्रम संचालन गरेको कार्यक्रममा बताइएको छ । उत्तरीक्षेत्रमा शिक्षा प्रति भएका त्रुटिहरुलाई सुधारनुका साथै वर्तमान शिक्षाका ऐन नियम सम्बन्धी जानकारी र शिक्षाको स्तर, गति, मापदण्डलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालय निरिक्षक तथा कार्यक्रमका प्रमुख अतिथि यादव प्रसाद गजुरेलले बताउनु भयो । कार्यक्रममा सहभागि शिक्षकहरुले तालिमबाट आफूहरुले सिकेका कुराहरुलाई व्यवहारमा उर्ताने बताएका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]