बामदेव गौतमद्वारा माओवादी र कांग्रेसलाई आरोप


YYY
एमाले उपाध्यक्ष बामदेव गौतमले माओवादी र कांग्रेसका कारण शान्ति प्रक्रिया र संविधानको काम अगाडि बढ्न नसकेको आरोप लगाउनु भएको छ। युवा किसान संघ नेपालको प्रथम राष्ट्रिय भेलाको हिजो राजधानीमा उद्घाटन गर्दै उहाँले एमालेलाई बाहिर राखेर शान्ति प्रक्रिया अगाडि बढ्न सक्दैन भन्नुभयो।

मुलुकमा हत्या, हिंसा र आतंक बढेको भन्दै गौतमले सुरक्षाको प्रत्याभुति नभए सम्म आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक बिकास हुन नसक्ने बताउनुभयो। रोजगारीका लागि युवाहरु खाडी मुलुकमा पलायन भएको भन्दै गौतमले कृषि क्षेत्रमा युवा सहभागिताका लागि कृषि नीति बन्नु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा कृषि विद्हरुले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]