भुँवरीमा भिखम - युवराज नयाँघरे


YYY

युवराज नयाँघरे

विमानस्थलको भीडमा छ भिखम !

उसले कहिल्यै घर छोडेन । छोड्ने परिस्थिति नि पर्दै - परेन । आज ऊ जाँदैछ बाहिर । बाहिर भनेको मकाउ ।
उसको सानैदेखिको रहर - आकाशमा उड्ने ।

आकाशको सम्मोहनले उसलाई तान्छ घरी - घरी । भिखम तराईमा जन्म्यो हुक्र्याे र बढ्यो । अक्षरसम्म चिन्यो ।

“एइ बौवा कि छे “
भिखमसँग ठट्टा गर्नेहरुले उसलाई जिस्काउँथे र कुस्ती खेल्न आमन्त्रण गर्ने । आमन्त्रण उसका निम्ति जति रुचिकर थियो पि्रय थियो र हुँकारयुक्त थियो - त्यत्तिकै समयकटनीका निम्ति सजिलो पनि ।

भिखम गाई चराउँथ्यो । घाँस काटेर आलीमा राख्दै सोच्थ्यो - “म पनि गाउँ छोड्छु !”
गाउँबाट विदेश जानेहरुको सख्या केही यता बढेथ्यो ह्वात्तै । दिन दुगुना र रात चौगुना बढेको थियो । रामलखन चन्दर लालबाबु रामखेलावनहरु गइसके ।
भिखमलाई तिनको ख्याल आउँछ ।
गर्मी चढेपछि खुब पौडी खेलिन्थ्यो । रातु नदीमा धेरै पटक खेलेर मस्ती लिएको छ उसले ।
भिखमलाई लालबाबुले सिकाएको हो - पौडी खेल्न्ा । सुरुमा खुट्टा चलाउने हात फाल्ने र सास चलाउने कुरा बगरमा सिकायो लालबाबुले । पछि किनारमा छप्लाङछुप्लुङ ।
अनि भुँवरीमा छत्लाङ्ङ !
पछि त निकै गजब हुन थाल्यो । लालबाबुलाई नै हराइदियो भिखमले । एकपटक हैन - निकै-निकै पटक हराइदियो ।
सोनपुरमा हल्ला हुन्थ्यो - भिखमलाई जे कुरा सिकाऊ - पछि त उसले सबैलाई हराउँछ । सिकाउने गुरु नै हार्छ । भिखमले लालबाबुलाई पौडी सँगै कुस्तीमा पनि हरायो मज्जैले ।

भिखम विमानस्थलमा छ ।
केही पछि नै ऊ उड्दै छ आकाशमा । केही समयपछि नै यो धर्ती यतै थन्काएर भिखम बेगिने छ बेतोडले । धर्ती कहिले नछोडेको उसलाई यस कुराले मनभरी निकै खल्बली पारेको छ छ ।
एयरपोर्टमा पुलिसका हातमा काला घँगारुका लठ्ठी देखिरहेछ ऊ । भिखमले पुरानो कुरा सम्झियो ।

यस्तै चार कक्षामा पढ्दाको कुरो मास्टरजी कडा थिए । रुखमुनि पढ्नु पथ्र्याे । एकदिन मास्टरजीको लामो लट्ठी लिएर भिखमले ढुक्कुरका बच्चा झार्यो । हनुमान िसंह मानक र रामभरोस जस्ता साथीहरु मिलेर ढुक्कुर पोलेर खाए ।
भोलिपल्ट त्यसको गाइँगुइँ सबैका कानमा पुगिगो ।
अनि मास्टरजीले भिखमलाई अह्राए - “यो लठ्ठी पुरानो भो । अर्काे राम्रो लट्ठी बनाएर ल्याउनु !”
भिखमले कटबाँसको लौरो खुब मज्जाको बनायो । खुर्कीखार्की गरेर तेल दलेर आगोमा सेकाएर लट्ठी तयार पार् यो । अनि आफ्नो पौरख देखाउन स्कुल जान हतारियो ।
अरु दिन भन्दा चाँडै स्कुल पुग्यो ऊ । मास्टरजीलाई प्रमाण गर्दै लट्ठी अर्पण गर् यो भिखमले ।
“ठिक छ !”
मास्टरजीले भने । मुसुक्क हाँस्यो भिखम ।
उसलाई लाग्यो - निकै मिहिनेत गरेको फल पायो उसले । साह्ै मन रमायो उसको । मास्टरजीलाई लट्ठी दिएर उसले आफ्नो पौरख देखाउने मौका पायो मज्जैले ।
“हाफ टाइममा भेट्नु !”
भिखमले जाने बेलामा गुरु वाणी सुन्यो ।

हल्लाखल्ला बीच कक्षा चलिरह्यो । ऊ दङ्ग थियो । आज मध्यान्हमा केही राम्रै पुरस्कार पाइनेछ । मनमनै रमाइरहेको थियो भिखम ।
हाफटाइमको घण्टीसँगै ऊ दगुर् यो टहरोतिर । जहाँबाट आइरहेका थिए मास्टरजी ।
“हिजो तैँ होइनस् - मेरो लट्ठीले ढुक्कुरको गँ”ड झार्ने !”
त्यतिन्जेलमा भिखमले एक स्वाँठ खाइसकेको थियो । लामो लट्ठी भाँच्यो माझैमा । भाँचिएको लट्ठीले फेरि बजाए मास्टरले । फेदपट्टि कालो र ध्वाँसोले टलक्क टल्केथ्यो लौरो ।
अनि ऊ त्यस मास्टरको सामु कहिल्यै परेन । बिस्तारै ऊ स्कुलको आँखी हुँदै गयो । रुख भैंसी खेत पोखरीमा बिताएर भिखम घर फर्कन थाल्यो । टाढियो ऊ बिद्यालयबाट !

बिमानस्थल वरपर अनौठा - अनौठा कुरा देखिरहेछ ऊ ।
अगाडी ठूलो टेलिभिजनमा अक्षर कुदिरहेछन् । जहाज आउने र जाने सूची हो त्यो ।
“देख्-देख् !”
नन्दनले अलि - अलि अक्षर फुटाएर भन्यो - “टेलिभिजनमा जहाज आउने र जाने कुरा आउँछ त्यो पढ् !”
भिखमले पढ्ने कोसिस गरिरा”छ । तर असम्भव छ त्यो स्थिति ।
सी ए टी - क्याट । क्याट माने बिरालो । एम ए एन जी ओ - म्याङगो । म्याङ्गो माने आँप । भिखमले सिकेको अंग्रेजी यै हो ।
त्यस्तो सजिलो अंग्रजी यहाँ छैन ।
उसलाई थकथकी लागिरहेको छ । बेलामा पढिएन - बडा नकाम गरिएछ नि !
बिमानस्थलमा खुब भीड छ ।

त्यो भीड देखेर उसलाई गाउँको हाटको ख्याल आइरहेको छ । ऊ बासँग बजार जान्थ्यो । बा ले बयलगाडा हाँक्थे । त्यो गाडा उनीहरुको थिएन । मुनिम काकाले “पहाडिया महाजनु को राइस मिलमा बालाई काम दिलाइदिएका ।
बा टायरवाला गाडा चलाउँथे ।
एक दिनको धानको भुस्सा लोड गर्दै थिए गाडामा । गाडी उत्तानो भएर सबै बोरा बाको टाउकोमा थुपि्रयो । अनि बोरै बोराले पुरिएछन् भिखमका बा ।
बिहान कालो सर्ट लगाएर गएका बा लाई दिउँसो सेतो कपडाले ढाकेर खोलातिर लगेको देख्यो भिखमले । ऊ डराई - डराई हुलमा दगुर् यो ।
घाटमा पुगेपछि बा लाई आगो लगाउन उसकै हातमा दनदनी बलिरहेको पुल्ठो थमाए मुनिम काकाले । जे - जे भने त्यै - त्यै गर् यो भिखमले ।
घर आउँदा आँगनभरि मान्छेको भीड ।
यो विमानस्थलको भीड देखेर उसले त्यो दिन फेरि सम्झियो । उसलाई अगाडीको बादलु आकाशमा बा ले हेरिरहेका छन् जस्तो पनि लाग्यो ।

केही समयपछि नै त्यै बादल भरिएको आकाशतिर उड्ने छ भिखम ।

गाउँमा भीड अरु दुई कारणले हुन्थ्यो - भाषण र भजन ।
नेताहरुको आगमनसँगै भीड खुब हुने गर्दथ्यो । एक पटक भीड जम्मा गर्दा भिखमले दुई सय रुपिया पाएको थियो । जति धेरै मान्छे बटुल्यो त्यति नोट पाइने । एक हप्ता खटेपछि उसले गब्बर िसंहको पार्टीलाई मान्छे बटुल्न सकेको थियो ।
तर अर्काे हप्ता माइकालालको पार्टीवालाहरुले भिखमलाई मज्जाले भकुरे र भने - “तँ जता पनि लाग्छस् । पैसा खाएर मान्द्धे बटुल्छस् । कि हाम्रो पार्टीमा लाग् कि उता लाग् । पैसा खाएर दलाली काम नगर ।”
त्यै दिनदेखि पानी समात्यो भिखमले र निर्णय गर् यो - “साला पार्टीवालाको काम गर्दै गर्दिन । बरु भुखै मर्छु !”

एयरपोर्टमा आइसकि्रम चुसिरहेकी युवतीको ठूलो पोस्टर उसले देख्यो । भिखमले पोस्तर नजिकै गएर हेर् यो र ओठ चाटयो ।
ऊ सानैदेखि बरफको सोखिन । बरफ चुस्न पाएको दिन खब फुरुङ्ग पथ्र्याे भिखम । एकदिन बेच्न लगेको एक बाल्टिन दूध उसले दस वटा बरफसँग साटेको थियो । तर दुईवटा चुसिनसक्दै अरु आठवटा पग्लिएर गइसकेका थिए बरफहरु ।
दूधको हिसाब देखाउन नसक्दा राति राम्रै धुलाइ भएथ्यो भिखमको ।

एअरपोर्टमा अचम्म लाग्दा अरु कुरा छन् । भिखमलाई ती अनौठा दृश्यहरुले खुब चिमोटीरहेका छन् । आँखै नझिम्क्याई हेरिरहेछ ऊ - अचम्म र छक्क लाग्दा मान्छे र परिवेश । अचम्मका भुमरीमा छ भिखम ।

प्लास्टिकका खोलमा मकैका प्याकेट सजाइएका देखेपछि भिखमलाई लाग्यो - “जहाज चढ्नेहरु नि मकै खाँदा रहेछन् !”
भीडमा छ भीखम ! आँखा च्याती च्याती विमानस्थलको होहल्ला हेर्दैछ ऊ निरन्तर । बाँसघारीमा बास बस्न लागेका सारौं कराएको लाग्दैछ उसलाई ।

मेनपावरले दिएको पासपोर्ट र टिकट एक पटक फेरि हेर्यो भिखमले ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]