नाचघरमा १४० चलचित्रकर्मीको घम्साघम्सी


YYY
काठमाण्डौ, २०६८ भाद्र २८, बुधवार,

डिजिटल फिल्म अवार्डको तेस्रो संस्करण सिजी डिजिटल फिल्म अवार्ड २०६८ को अवार्ड आज साँझ जमल स्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहका बिच अवार्ड बितरण गरिंदै छ । हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने सो कार्यक्रम साँझ ४ बजेबाट शुरू गरिने आयोजक संस्था छायाँछबि प्रकाशनका अध्यक्ष शान्ति प्रियले जानकारी दिए । यसै गरी कार्यक्रमको स्टार एफएमले पनि प्रत्यक्ष प्रशारण गर्नेछ ।

नेपाली चलचित्र र चलचित्रकर्मीहरुको लागी महान चाड मानिएको सिजि डिजिटल फिल्म अवार्ड २०६८ लाई भब्य बनाउन बिभिन्न कार्यक्रमहरुको समेत गरिने भएको छ । कलाकारहरुको प्रस्तुतिको लागी पनि लोकप्रिय मानिएको डिजिटल फिल्म अवार्डमा यस पटक पनि बिभिन्न चर्चित कलाकारहरुको प्रस्तुतीले कार्यक्रमलाई रोचक र भव्य बनाउने आयोजकको दाबी छ । अवार्डमा यस पटक श्यामश्वेतबाट डिजिटल शिर्षकमा आमा चलचित्र देखि कस्ले चोर्‍यो मेरो मन सम्मका बिभिन्न ७ चलचित्रका चर्चित गितहरुलाई शुभबहादुर र प्रेम रानाको टीमले सेक्सोफोन मार्फत १५ मिनेट सांगितिक प्रस्तुति प्रस्तुत गर्नेछ ।

यस पटकको अवार्ड कार्यक्रममा कलाकारको आकर्षक प्रस्तुतीको साथमा थप केहि आकर्षक कार्यक्रमहरू गरिंदै छ । जस अर्न्तगत प्रदिप उदयले निर्माण गरेको दुई चलचित्र 'मालतीको भट्टी' र 'हाम्रो माया जुनी जुनीलाई' को अडियो सिडी सार्वजनिक गरिंदै छ भने दिनेश डिसीले निर्देशन गर्ने चलचित्र 'मायाज बार' को मुहुर्त पनि गरिंदै छ । यस्तै आजको अवार्डमा नायक मुकेश ढकाल र नायिका निता ढुङ्गानाले नृत्य प्रस्तुत गर्ने भएका छन् । अवार्डलाई बृहत बनाउनको लागी यस पटक छायाँछबि पत्रकारिता सम्मान र डिजिटल चलचित्रकर्मी सम्मान पनि प्रदान गरिने अध्यक्ष प्रियले जानकारी दिए ।

चलचित्रकर्मीहरुको आकर्षण र डिजिटल चलचित्र निर्माणमा आएको तिब्रतासंगै यस पटक सिजी डिजिटल फिल्म अवार्डमा सहभागीता जनाएका चलचित्रहरुलाई निर्णायकहरू मोहन निरौला, ओम प्रतिक, राजेश खनाल र दिनेश कार्कीले मूल्याङकन गरेका छन् । जुरीको निर्णयका आधारमा बिभिन्न २९ बिधामा उत्कृष्ठलाई अवार्ड प्रदान गरिनुका साधै यस पटक दर्शकहरुको मतलाई समेत आधार मानेर उत्कृष्ट दर्शक छनौट अवार्ड समेत प्रदान गरिदै छ । सो अवार्ड कार्यक्रममा १४० चलचित्रकर्मीको प्रतिष्पर्धा रहेको छ ।फिल्मीखबर

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]