जापानमा बन्धक बनाइएका नेपाली दम्पतिको उद्दार


YYY
जापानको नागोयामा करिव डेढ महिनादेखि आफ्नै मालिकले बन्धक बनाएर राखेका दुई नेपाली नागरिकलाई स्थानीय नेपालीहरुको पहलमा उद्धार गरिएको छ ।

जापानबाट प्रकाशित कम्युनिटी न्यूज पोर्टल टोक्यो नेपाल डटकमका अनुसार बाग्लुङ गल्कोटका हिरा थापा र उनकी श्रीमति तारा थापालाई मालिकले बन्धक बनाएको अवस्थामा प्रहरीको सहयोगमा मंगलबार स्थानीय समयअनुसार अपरान्ह ४ बजे उद्धार गरिएको हो ।

थापा दम्पत्तिले करिव डेढ बर्षदेखि सो ताइवानी रेष्टुरेन्टमा काम गर्दै आएकोमा तलब सम्बन्धी बिबाद सुरु भएपछि करिव डेढ महिनादेखि उनीहरुलाई रेष्टुरेन्ट संचालकले आफ्नै घरमा बन्धक बनाई खान खान र सौचालय जानसमेत नदिइ राखेका थिए । त्यसबारे ढिलो गरि जानकारी पाएको नेपाली समुदायले आज स्थानीय प्रहरीको रोहवरमा उनीहरुलाई उद्धार गरेको हो ।

काम गरेको तलब माग्दा साहुले उनीहरुलाई थुनेर राखेको तथा उनीहरुको भिषासमेत रद्द गरिदिएको वताइएको छ । बन्धक राखिएका थापा दम्पत्तिलाई २४ घण्टामा एकपटक बासी खाना मात्र दिने, दिशा पिसावका लागि सौचालयसमेत जान नदिने र पिटने गरेको पिडीतले बताएका छन् ।







यस्तो अबस्थाको जानकारी पाएपछि स्थानीय नेपालीले हिजोदेखिनै स्थानीय प्रहरीलाई गुहारेका थिए । पत्रकार न्यौपानेले स्थानीय प्रहरीले पनि पिडीतलाई उद्धार गर्न त्यति चासो र सक्रियता नदेखाएकाले प्रहरी चौकी अघि नेपालीले धर्ना दिनुपरेको बताए । प्रहरीसहित रेष्टुरेन्ट संचालकको घरमा पुगेका नेपालीहरुलाई संचालकले आफ्नो निजी मामिला भएकाले चासो नदिन भन्दै फर्काउन खोजेका थिए । तर नेपालीहरुले तिब्र दबाब दिएपछि उनीहरुलाई जीर्ण अबस्थामा उद्दार गरिएको हो ।

लामो सयमदेखि थापा दम्पत्ति नेपालीको सम्र्पकमा नआएपछि उनीहरुको खोजी सुरु भएको थियो । नागोयाबाट करिव ६० किलोमिटरको दुरीमा रहेको चुसिमामा रहेको ताइवानी रेष्टुरेन्टमा उनीहरुले काम गर्ने गर्दथे ।

नेपालीहरुले दोषीमाथि कारवाहीको माग गर्दै राती अबेरसम्म स्थानीय प्रहरी स्टेशनमा धर्ना दिएका छन् । गैरआवासीय नेपाली संघ जापानका सचिव तथा नेसाज पूर्व अध्यक्ष सरोज कँडेल, उपाध्यक्ष डिलाराम खरेल लगायतका नेपालीले अहिले दोषीमाथि कारवाहीका लागि प्रहरीसँग वार्ता गरेका थिए ।

उल्टै नेपाल फर्काउने तयारी

यसैवीच प्रहरीले पिडीत थापा दम्पतीलाई न्याय र क्षतिपूर्ति दिलाउन पहल गर्नुको सट्टा उनीहरुलाई नेपाल फर्काउने तयारी गरेको छ । सेप्टेम्बर १३ तारिखसम्म भिषा अवधि रहेका उनीहरुलाई नेपाल फर्काउन टिकटको समेत ब्यबस्था गरिएको जानकारी आफुले पाएको पत्रकार कविकिरण न्यौपानेले टोक्यो नेपाललाई जानकारी दिनुभयो ।

पिडीतले क्षतिपूर्ति र न्याय नपाउने देखेपछि त्यसका लागि दबाब दिन नागोया क्षेत्रबाट गाडी नै रिजर्भ गरेर नेपाली घटनास्थल पुगेका थिए । काम गरेको तलब माग्दा बन्धक बनाउने रेष्टुरेन्ट संचालकलाई कारवाही र पिडीतलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नेपालीहरुले स्थानीय प्रहरी चौकीमा धर्ना दिएपछि हिरासतमा रहेका पिडीतलाई अबरे राति प्रहरीले नेपालीको जिम्मा लगाएको छ ।

प्रहरी चौकीमा एनआरएन जापानका वर्तमान उपाध्यक्ष्य दिलाराम खरेल, सचिब सरोज कंडेल, केन्द्रीय सदस्य केशर गिरि, निवर्तमान उपाध्यक्ष्य रोविन्द श्रेष्ठ, एनआरएन जापान तोकाई होकुरिकुका उपसंयोजक बिष्णुप्रसाद घिमिरे, नेसाजका सचिब कृष्ण भेटवाल, एनआरएन जापान तोकाई होकुरिकुका सल्लाहकारद्वय मोहन खत्री र बिजयप्रसाद खनाल साथै पारसमणि पोखरेल, यम खत्री, कविकिरण न्यौपाने, चिरन्जीवी सिग्देल सहित ३० -३५ जना नेपालीहरुले अहिले प्रहरी कार्यालयमा धर्ना दिन पुगेका थिए ।

पिडित नेपालीहरुको उद्दारको लागि तोकाईबसी नेपालीको प्रतिनिधित्व गर्दै एनआरएन जापान तोकाई होकुरिकुले नेपाली दुतावास टोक्योमा एक अनुरोधपत्र समेत पठाएको कुरा एनआरएन जापान तोकाई होकुरिकुका कार्यबाहक संयोजक बिष्णुप्रसाद घिमिरेले जानकारी दिनु भएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]