तीजमा छमछमी नाचे नेपाली चेलीहरु यूएईमा


YYY


खेमनाथ पौडेल
खेमनाथ पौडेल


दुबई । बरदुवईको मुटुमा अवस्थित ईम्पिरियल होटल गत शुक्रवार महिलाहरुको भिड र नेपाली पहिरनले नेपालकै झल्को देखिन्थ्यो । हरितालिका तीज मनाउन यूएईका विभिन्न क्षेत्रबाट भेला भएका महिलाहरुको रातो साडी र श्रृगांरको पहिरनले होटलको तल्लो तला देखी आठौ तलासम्म उक्तदीन बेग्लै चहल पहल थियो । हरियो, रातो छड्के पोते तिलहरी भिरेका र हाताभरी टम्मै हरिया, राता चुरा लगाएका विवाहित वा अविवाहित छुट्टाउन नसकिने महिलाहरुको छमछम्ती नृत्यले हलमा रौनकता छाएको थियो । बर्षको एक दिन मात्र यस्तो पहिरनमा देखिने महिलाहरु एक आपसमा फोटो खिचाउन ब्यस्त देखिन्थे । पुरुषहरु भन्दा पनि महिलाहरुको उपस्थिति वाक्लो थियो । यसपाली यो अवसर नेपाली जनप्रगतिशिल मञ्च र नेपाली महिला कल्याणकारी समितिले सयूक्तरुपमा जुराएको थियो ।
रातो साडीमा चिटिक्क सजिएका दुई बहिनी जस्तै देखीने बुटवलकी हरीकला केसी, र टिकादेवी भुषाल अन्य महिलाहरुको हुलमा हेर्न हो बाटुली यसरी हो नाच्ने तीजको गितमा कम्मर मर्काउदै नाचे । सुनवल नवलपरासीकी लक्ष्मी, कपिलबस्तुकी विन्दु गिरी, गुल्मी तम्घासकी सावित्रा ज्ञवाली स्वदेशमा भएको भए एकै ठाउँका मात्र दिदी बहिनीहरु जम्मा भईन्थ्यो तर प्रवासमा रहदा नेपालका विभिन्न क्षेत्रका महिलाहरुसंग पनि भेट हुँदा अझै रमाईलो भएको वताए । हातभरी चुरा र छिर्के मिर्के साडीको पहिरनमा कपिल्वस्तुकी विष्णुमाया तथा दाङकी लक्ष्मी प्रवासमा पहिलो पटक तीजको कार्यक्रममा आएका उनीहरुले पनि रमाईलो माने । उमेरले ४० कटेकी जस्तै देखीने कपिलवस्तुकी विनिता केसी विगत १४ बर्ष देखी यूएईमा रहेको र यस्ता कार्यक्रमहरुमा आफू उपस्थित भइरहने बताईन् ।
भर्खरै २० बर्ष जस्तै देखीने पाल्पाकी अमि्रता पौडेल दर्शकहरुकोलागि आकर्षक बनेकी थिईन् । शुरुदेखी अन्तिम सम्म पनि उनको तीजको गितको नृत्यले वाह वाह पाएको थियो । ममता विष्ट राउत, उनी तीजको गितमा मात्र नभएर अन्य गितमा पनि खुवै कम्मर मर्काएर नाचिन् । दोश्रो पटक कार्यक्रममा आएकी उनले प्रवासमा रहेर कला सस्कृतीलाई भुल्न नहुने छोटो प्रतिकृया दिईन् ।
यूएईका विभिन्न स्टेजमा आफ्नो प्रस्तुती पस्कदै आएकी जल्दी बल्दी गायिका मोरङकी चञ्चला घिमिरेपनि गाउन भन्दा पनि नाच्न अघी सरीन् । रातो साडीमा चिटिक्क परेकी उनको स्वर जस्तै नाच पनि सबैले मन पराए । कार्यक्रमको सूदेखीनै दर्शक बनेर बसीरहेकी कार्यक्रमका प्रमुख अतिथि यूएईका लागि कार्यावाहक राजदूत दिपक अधिकारीकी धर्म पत्नी सिता अधिकारी स्टेजमा नै पुगेर नाच्न थालीन् तब दर्शकदिर्घामा बसेका महिला दर्शकहरु पनि उठेर कम्मर मर्काउन थाले । प्रवासमा पहिलो पटक यती ठुलो जम्घटमा एकदमै रमाईलो लाग्यो, नेपाली दिदी बहिनीहरुसंघ भेट भएर नाच्न पाउदा अतिनै खुशी भएको छोटो प्रतिकृया दिईन् ।

दिपक शाहले स्वागत गितले सबैलाई स्वागत गरेका थिए भने ओम भट्टराई तथा मधु राई, तथा साथीहरुले कसरी तह लगाउ घरकी मोरीलाई भन्ने तीजको गितले बुढा बुढीको दुखेसो एक आपसमा ठट्यौली पाराले पोखेका थिए । उनिहरुको तीजको दोहोरी दर्शकहरुले खुबै मन पराए ।

यूएईका लागि कार्यवाहक राजदूत दिपक अधिकारीको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व नेपाली महिला कल्याणकारी समितिकी अध्यक्ष सोभा भण्डारीले गरेकी थिईन् । एनआरएनए एन सी सी यूएईका अध्यक्ष चुडामणी ढकाल, उपाध्यक्ष तथा समाज सेवी चन्द्र रोकाहाय, एनआरएन आईसी सी यूएईका का सदस्य पि.एस लिम्बु, लुम्विनी वेलफर सोसाईटीका अध्यक्ष डिएल शर्मा, जनजाती महासंघका अध्यक्ष गिरमान थापामगर, पत्रकार महासंघ यूएईका अध्यक्ष शंकर ज्ञवाली, जनप्रगतिशिल मन्च यूएईका उपाध्यक्ष दिपक बोहोरा, नेपाली समाजका उपाध्यक्ष तथा समाज सेवी सालिकराम सुवेदी तथा विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा प्रमुख अतिथि तथा अतिथिहरुले तीजको अवसरमा सम्पूर्ण महिला दिदी बहिनीहरुलाई शुभकामना ब्यक्त गरेका थिए । विषेश कारणवस उपस्थित हुन नसकेका जनप्रगतिशिल मञ्च यूएईका अध्यक्ष उत्तम अधिकारीले कार्यक्रमको सफलताकोलागि शुभकामना दिएका थिए ।

कार्यक्रममा जनप्रगतिशिल मञ्चका हेमन्त पौडेल तथा कल्याणकारी समितिकी ममता विष्टले स्वागत मन्तब्यद्धारा उपस्थित सबैलाई स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन नेपाली जन प्रगतिशिल मञ्च यूएईका महासचिव स्याम परियार तथा कल्याणकारी महिला समितिीकी वविता राजकोटीले सयूक्तरुपमा गरेका थिए । उक्त कार्यक्रमको सम्योजक मधुकर वेलवासे तथा प्राविधिक तर्फ स्याम पौडेलले सहयोग गरेका थिए ।

तीजको कार्यक्रम भएता पनि विच विचमा रिमिक्स गितहरुको नृत्य र गायनले दर्शकहरुले छुट्टै मनोरञ्जन लिएका थिए । कार्यक्रम दिउस ३ बजेदेखी सांझ ८ बजे सम्म चलेको थियो भने विच विचमा आयोजकको कमजोरीपन देखिएको थियो । हलको क्षमता भन्दा बढी दर्शकहरु भएकोले हल भित्र प्रवेश गर्न नपाउदा दर्शकहरु चर्को घामको चपेटामा परेका थिए ।
उक्त दिन अबुधावीमा नेपाली जनसम्पर्क समितिले पनि तीजको दरखाने तथा तीज गितको कार्यक्रमको आयोजना गरेको थियो भने उक्त कार्यक्रममा पनि दर्शकहरुको उपस्थिति उल्लासमय रहेको थियो ।

onlinekhabar

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]