गम्भीर मानवअधिकार उपर लागेका मुद्धा फिर्ता नलिन आग्रह


YYY
राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर मानवअधिकार उल्लंघनका दोषीका विरुद्धमा लागेका मुद्धा फिर्ता नलिन आग्रह गरेको छ ।

आयोगका पदाधिकारीहरुले आज एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर त्यस्ता मुद्धा फिर्ता नलिन ध्यानाकर्षण गराएको छ ।
उनीहरुले सरकार गठनअघि माओवादी र मधेसी मोर्चाबीच भएको सहमतिमा गम्भीर मानवताविरोधी अपराधमा संलग्नहरुको समेत सरकारले मुद्धा फिर्ता लिने उल्लेख गरिएको भन्दै त्यसो नगर्न प्रचण्डलाई आग्रह गरेका थिए ।
अध्यक्ष प्रचण्डले आपराधिक घटनाका दोषीको नभई द्वन्द्वकालमा राजनीतिक प्रतिशोधका आधारमा लगाइएका झुठा मुद्धामात्र फिर्ता लिने सहमति भएको स्पष्ट पारेका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]