भिसागर्लको रहस्य खुल्यो


YYY
काठमाण्डौ, २०६८ आश्विन ६, शुक्रवार - गत आईतवार मनाईएको चलचित्र दिवसमा करिब तीन सय चलचित्रकर्मीले सेतो रङको टिसर्ट लगाएका थिए । सिजी इन्टरटेन्मेन्टले प्रायोजन गरेको सोटिसर्टको पछाडी भागमा 'भिसागर्ल' लेखिएको थियो । सो 'भिसागर्ल' किन लेखियो भन्ने बारे त्यतिनै बेला गाईगुईं चलेको थियो । केहिले उक्त नाममा चलचित्र निर्माण हुन लागेको पनि बताएका थिए । अहिले बुझ्दै जाँदा सो नाममा दुई सेलिब्रेटीले चलचित्र बनाउन लागेको थाहा हुन आएको छ ।

टिसर्टमा लेखिए अनुरूप सिजी इन्टरटेन्मेन्टको प्रस्तुती रहने सो चलचित्रलाई नायिका ऋचा शर्मा र नायक बिनय श्रेष्ठले निर्माण गर्ने बुझिएको छ । चलचित्र दिवसकै दिन चलचित्र निर्माणको घोषणा गर्ने कार्यक्रम रहे पछि बिबिध कारणले गर्दा घोषणा गर्न नसके पछि यो कुरा बाहिर आउन नपाएको हो । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार ऋचा र बिनयको साथमा अर्का एक व्यक्तिले पनि चलचित्रमा लगानी गर्दैछन् ।


चलचित्रको मुख्य भुमिकामा नायिका ऋचा नै रहने बुझिएको छ । यसैगरी चलचित्रमा बिनय श्रेष्ठको साथमा कलाकार मदनदास श्रेष्ठका छोरा तथा कान्तिपुर एफएमका चर्चित आरजे रेमन श्रेष्ठले अभिनय गर्ने बुझिएको छ । आवाजको दुनियाँमा आफ्नो राम्रो पहिचान बनाउन सफल रेमनले यसै चलचित्रबाट अभिनयमा पनि आफ्नो पहिचान बनाउन लागेका हुन् । तिहार पछि छायाँकन गर्ने भनिएको सो चलचित्रलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गर्ने कुरा छ ।

नेपाली सेलिब्रेटीहरू पछिल्लो समयमा चलचित्र निर्माणमा पनि सक्रिय भएर सफलता हात पारेको अवस्थामा नायिका ऋचा र नायक बिनयको यो कदमलाई पनि हामीले स्वागत गर्नै पर्छ । आशा गरौं उनीहरू अभिनयको साथमा चलचित्र निर्माणमा पनि सफल बनुन् । फिल्मीखबरको शुभकामना !

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]