देविकाको मन चंगा भो


YYY
काठमाडौ, भाद्र १८ -
हार्नेको आँसु, जित्नेको हाँसो
मेरो छैन केही हजुरलाई गुनासो
यस्तै रहेछ यहाँको चलन....'

१६ वर्षको कलिलो उमेरमै वियोगान्त गीत गाएर श्रोताका मन जित्न सफल गायिका देविका वन्दना अहिले ती पुराना गीत सम्झेर आफंै दंग पर्छिन् । 'त्यो समय कहाँ पाउनु' दसौं एल्बम सार्वजनिक गर्ने क्रममा शनिबार उनले भनिन्, 'सम्झँदा नै अनौठो लाग्छ ।'

१६ वर्षको उमेरमै उनले रेडियो नेपालमा 'एउटा परदेशी...' बोलेको गीत लाइभ रेकर्ड गराएकी थिइन्, त्यही गीतलाई शीर्ष बनाएर पहिलो एल्बम 'परदेशी' निकालेकी उनले यसपटक भने पछिल्लो एल्बम निकालेको पाँच वर्षको ग्यापपछि श्रोतालाई चंगाजस्तै संगीतमा उडाउन रोमान्टिक एल्बम 'मन चंगा भो...' लिएर आएकी छन् ।

'मलाई नेपाली माया चाहिन्छ....', 'तलतल बेसीमा मैंच्याङ...', 'अच्छा लेकिन लन्डनको चिसोले...', 'भरे आउँछु सपनीमा पर्खी राख है...', 'सपनीमै हो कि...' लगायत दर्जनांै चलचित्रका गीतमा समेत उनले स्वर दिएकी छन् ।

शनिबार उनको दसौं एल्बम माइती नेपालकी प्रमुख अनुराधा कोइरालालेे सार्वजनिक गरिन् । इलाममा जन्मिएर दुई दशकदेखि संगीत क्षेत्रमा लागेकी देविकाले आफ्नो गायनलाई समयअनुसार परिवर्तन

गर्न चाहेको बताइन् र उनले यसपटक चटपटे स्वाभावको गीतलाई एल्बममा समेटेको खुलाइन् । 'पुरानै शैलीका गीत अचेलका ठिटा-ठिटीले कहाँ सुन्छन् र ?' उनले भनिन्, 'हरेक श्रोताको चाहना बुझ्नैपर्छ ।'




कार्यक्रममा उनले एल्बमको शीर्ष गीत पनि गाएर सुनाइन् । माधवप्रसाद घिमिरे, राजेन्द्र थापा, नरेश भट्टराई, दिनेश अधिकारी र नरहरि प्रेमीको शब्द रहेको एल्बममा सुरेश अधिकारी, राजु सिंह, नरहरि प्रेमी, वसन्त सापकोटा र महेश खड्काले संगीत दिएका छन ।

'मन चंगा भो...' र 'सुन सुन जुनतारा...' बोलको गीतको म्युजिक भिडियो पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]