डा. बस्नेत र अनिल शाहीले कोलोराडोमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्नु भयो


YYY
शर्मिला शर्मा, कोलोराडो
- तत्कालिन लण्डनका राजदूत डा. सिंह बहादुर बस्नेत, अनिल शाही र गौरब बस्नेतको टोलि, नेपालको हार्ट एड नामक गैर सरकारी संस्थाको सहयोगार्थ सांगीतिक कार्यक्रम लियर हालै अमेरिका आउनु भएको थियो। उहाँहरुले हालै अमेरिकाको कोलोराडो राज्यमा बिशेष कार्यक्रम प्रस्तुत गर्नु भयो जुन कार्यक्रम अनिल शाही तथा गौरब बस्नेतको गीतार बादन अति नै रोचक थियो। उहाँहरुको गीतार बादनलाइ कोलोराडोका संगीतकार सुरेश प्रधानले तबलामा साथ दिनु भयको थियो त्यस्तै गरि डा. सिंह बहादुर बस्नेतले आफ्नो मनमोहक आवाजमा नेपाली राष्ट्र गाना "यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, जुनकिरी झैँ ज्योति बालि अन्धकारमा चम्किन्छ" गाउनु भएको थियो।

त्यस्तैगरि अर्को स्वर्गीय स्वोर सम्राट नारायण गोपालको गीत पोखियर घामको झुल्को तथा आफ्नै संगीत को "प्रीत बिना जीवन" संगीतकार अनिलले गाउनु भएको थियो। यस्मनामोहक साँझमा स्थानीय कलाकार नीलम श्रेष्ठ र डा. शिंह बहादुर बस्नेतको युगल गीत "हेरन हेरन कान्छा डांडालाइ फुलले ढाक्यो" प्रस्तुतिले सुनमा सुगन्ध थपिएको थियो भने अर्को लुकेको प्रतिभा श्रीमती कान्ता रेग्मीले नारायण गोपालको "आँखा छोपी नरोउ भनि भन्नु पर्या छ गानाको गायनले आश्चर्य चकित तुल्यायो। प्रित बिना जिबन अब आफ्नै भयो, तिमी बिना संसार अधुरै भयो भन्ने स्व.कुमार कान्छाको गीतको संगीतकार अनिल शाहीले गीत संगीत प्रेमी श्रोताहरुलाई थुप्रै यस्तो प्रख्यात गीतहरु प्रस्तुत गरिसकेका छन्। यस बाहेक हाल अनिल शाहीको नाम प्रख्यात गीता रिस् मा चिनिन्छ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]