निदर्ल्यान्ड्समा दशैं को भब्य तयारी


YYY
श्रीराम कंडेल,

निदर्ल्यान्ड् - गत ४ सेप्टेम्बर २०११ मा बसेको nrnnl को meeting को निर्णय अनुसार बिजया दशमीको तयारीका निम्ति बनेका विभिन्न समितिहरु मध्ये Entertainment समिति पनि एक हो र जुन अहिले निदर्ल्यान्ड्मा भब्य सांस्कृतिक कार्यक्रमको तयारीमा लागिरहेको छ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी र प्रस्तुति गर्न बनेको यस समितिमा संयोजक राजु गुरुङ रहेता पनि सदस्य साबि रिजाल तथा अन्य थुप्रै संगीत प्रेमी साथीहरु पनि यस कार्यक्रमकोलागि निकै नै लागिपरिरहेका छन्। स्वरकाधनिहरु र दक्ष न्रितकहरुले भरपुर मनोरञ्जन प्रदान गर्ने र ६ अक्टोबर जुन्जायमान बनाउने बिस्वाश सम्पूर्ण नेपालीहरुले गरिरहेका छन्।


यस मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुनबाट कुनै पनि निदर्ल्यान्ड्सबासी कलाप्रेमीसाथीहरु नछुटून भन्नका लागि हामी यसै सूचना मार्फत गायन, नृत्य, तथा कलाकारिताको क्षेत्रमा इच्छुक सम्पूर्ण व्यक्तित्वहरुलाई चाडो भन्दा चाडो संयोजक राजु गुरुङ - (०६८६४८३४९४ लाई, ०६३४०२७२३३) तथा सदस्य साबि रिजाल (०६८४५३७४५७ लाई) सम्पर्क गर्नु हुन NRNNL तथा व्यक्तिगत तर्फबाट पनि अनुरोध गर्न चाहन्छु। र साथै बिजया दशमीको पावन अबसरमा सम्पूर्ण निदर्ल्यांड्सबासि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई निम्न लिखित मिति र स्थानमा उपस्थितभै रमणीय वातावरणमा बिजया दशिमी मनाउनका निम्ति हामी आमन्त्रित समेत गर्न चाहन्छौं।


Date: Thursday, 6 October 2011. Time: 14:00 to 22:00 hrs. Venue: Jacob Catskade 11, 1052 BR Amsterdam www.nrnnl.nl (अरु धेरै कुराहरुको जानकारीकोलागि यो Website हेर्नुहोला)


Shree Ram Kandel
National Co-ordinator,
NRN-NCC-NL
(0031) 0616541715/ 0237512876
Hoofddorp, Netherland

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]